मुम्बई इण्डियन्सको ब्याटिंग प्रशिक्षकले नेपाली महिला क्रिकेट टिमलाई सघाउने

२०८० श्रावण २१, आईतवार १७:४१

भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको कन्सल्टेन्ट कोच ( सल्लाहकार प्रशिक्षकमा ) नियुक्त भएकी छन्।

आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली महिला क्रिकेट टिमका लागि पहिलो महिला प्रशिक्षक ल्याएको जानकारी गराएको हो । शनिवार नेपाल आएकी उनले प्रशिक्षक सुरु गरिसकेकी छिन्।


क्यानले अगष्ट २८ देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको कन्सल्टेन्टका रुपमा देविकाले प्रशिक्षण दिने जनाएको छ ।

४४ वर्षीय भारतीय पूर्व क्रिकेटर देविकाले भारतबाट सन् २००६ देखि २००८ सम्म एक टेस्ट र १५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेकी थिईन्। उनले २००६ मा पाकिस्तान विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्युमा ३ विकेट लिएकी थिईन्। दायाँ हाते फास्ट बलर उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १५ खेलको १२ इनिंग्समा १२ विकेट लिएकी थिईन् भने ब्याटिंगतर्फ ९ इनिंग्समा ६६ रन बनाएकी थिईन्। एकमात्र टेस्टमा विकेटविहिन रहंदा उनले ७ रन बनाएकी थिईन्।

भारतमा यो वर्ष आयोजित महिला इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा देविकाले मुम्बई इण्डियन्सको ब्याटिंग प्रशिक्षकको रुपमा काम गरिसकेकी छिन्। त्यस अघि सन् २०१४ र २०१६ मा भरैटी महिला क्रिकेट टिमको तथा २०१८ मा बंगलादेश महिला क्रिकेट टिमको सहायक प्रशिक्षक रहीसकेकी छिन्। उनि गत वर्ष भारतको वोमेन्स टि-२० च्यालेन्जमा भेलोसिटी टिमको मुख्य प्रशिक्षकको रुपमा रहेकी थिईन्।

महिला टिमको प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् (राखेप)का क्रिकेट प्रशिक्षक स्यामसन जंग थापाले गर्दै आएका थिए। क्यानले प्रारम्भिक छनोट अन्तर्गत २४ सदस्यीय टोली बन्द प्रशिक्षणमा सकेको छ ।

नेपालले अगष्ट २८ देखि ९ सेप्टेम्बरसम्म छनोट खेल खेल्नेछ । प्रतियोगिताको समूह ‘ए’मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई रहेका छन् भने समूह ‘बी’मा, चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् ।

घोषित नेपाली टिम : रुबिना क्षेत्री, सिता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, इश्वरी बिस्ट, ज्योति पाण्डे, सरस्वति चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोद्दर, खुसि डंगोल, पुजा महतो, सबनम राई, रोमा थापा, कन्चन श्रेष्ठ, श्रिस्टि जैसी, स्नेहा महरा

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy