एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ।

खेल आइतबार बिहान नेपाली समय ६:४५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण डीडी स्पोर्ट्स च्यानलमा हेर्न सकिनेछ।

पहिलो खेलमा सहज प्रतिद्वन्दी मंगोलिया विरुद्ध कीर्तिमानी जित दर्ता गरेको नेपाल दोश्रो खेल अर्को सहज प्रतिद्वन्दी माल्दिभ्सलाई पराजित गर्दै समुह ‘ए’ को विजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गर्न चाहन्छ। पहिलो पटक दुई दक्षिण एसियाली टिम आमने-सामने हुन लागेका हुन्।

टि-ट्वान्टी अन्तर्राष्ट्रियमा अन्तर्राष्ट्रिय टि-ट्वान्टी वरियतामा ७८ औं स्थानमा रहेको माल्दिभ्सलाई १६ औं स्थानमा रहेको नेपाल विरुद्धको खेल सहज हुनेछैन। त्यसमाथि अर्को प्रतियोगिता ( टि-२० विश्वकप क्षेत्रीय छनोट ) जुधेको हुँदा माल्दिभ्सले प्रतियोगिता खेल्न दोश्रो श्रेणीको टिम पठाएको छ। चमत्कारिक नतिजा ननिकालेको खण्डमा नेपाललाई पराजित गर्नु असम्भव जस्तो छ।

प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सले मंगोलियालाई ९ विकेटले पराजित गरेको थियो। त्यस क्रममा मंगोलियाले दिएको ६१ रनको लक्ष्य उसले ६.४ ओभरमा १ विकेट गुमाएर भेटाएको थियो।

कमजोर माल्दिभ्स विरुद्ध उत्रिने नेपालले खेलमा पुनः नयाँ रेकर्डहरु बनाउने अवसर छ भने अर्कोतर्फ पहिलो खेलमा मौका नपाएका विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी, फास्ट बलर प्रतिश जिसी, फास्ट बलिंग अलराउण्डर बिबेक यादव र ब्याट्सम्यान सन्दिप जोरालाई मौका दिन सक्छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy