नेपाल-मलेसिया दोश्रो टि-२० भोलि, क्लिन स्विप गर्दै इतिहास रच्ने अवसर

२०७६ असार २८, शनिबार २२:१५

मलेसिया र नेपाल बीच मलेसियामा जारि २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो टि-२० आइतबार खेलिदै छ।

घरेलु टिम मलेसियालाई पहिलो खेलमा ७ विकेटले सहजै पराजित गर्दै नेपालले सिरिजमा १-० को अग्रता हाँसिल गरिसकेको छ। खेलमा टस जितेर ब्याटिंग गर्दै मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो। जितमा प्लेयर अफ द म्याच चुनिएका पारस खड्काले सर्वाधिक ८६ रन बनाएका थिए भने बलिंगमा करन केसीले ३ तथा बसन्त रेग्मी र सन्दिप लामिछानेले २/२ विकेट लिएका थिए।

दोश्रो टि-२० अन्तर्रष्ट्रिय  आइतबार नेपाली समय ७:४५ बजे बिहान किनरारा ओभल मैदानमा खेलिनेछ।

इतिहास रच्ने मौका 

यदी दोश्रो टि-२० अन्तर्राष्ट्रियमा नेपालले मलेसियालाई पराजित गरे नेपाली क्रिकेट टिमको इतिहासकै पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप जित हुनेछ। नेपालले यस अघि नेदरल्याण्डसंग सन् २०१५ मा र यसै वर्ष युएईसंग टि-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो। युएईलाई नेपालले २-१ ले पराजित गरेको थियो भने नेदरल्याण्डसंग भने ३-१ ले पराजित हुन पुगेको थियो। सिरिजको दुवै खेल जितेमा क्लिन स्विप गरेको नेपालको यो पहिलो टि-२० अन्तर्रष्ट्रिय सिरिज हुनेछ।

Sharad Vesawkar, Paras Khadka

दोश्रो टि-२० मा नेपालले सुधार गर्नुपर्ने पक्ष 

पहिलो खेलमा ७ विकेटको सहज जित हाँसिल गरे पनि नेपाली टिमले सुधार गर्नुपर्ने पक्षहरु देखिएका छन्। मलेसियासंग सिरिज पछि नेपालले टि-२० विश्वकप एसिया फाइनल प्रतियोगिता खेल्दैछ। जुलाई २३ देखि सिंगापुरमा सुरु हुने प्रतियोगिताको विजेता टिम विश्वकप छनौट ( ग्लोबल ) खेल्न छनौट हुनेछ। त्यसैले पनि मलेसियासंग नेपाललाई आफ्नो कमजोरीहरु सुधार्ने अन्तिम मौका रहेको छ।

मलेसियासंग जित हात पार्दा पारस खड्का बाहेक अन्य ब्याट्सम्यानहरुले रन नबनाउनु चिन्ताको विषय हो। नेपालले जित्न पारस खड्काले रन बनाउनु पर्ने परिस्थिति नयाँ हैन। अब पनि पारस खड्कामै ब्याटिंग निर्भर रहने हो भने महत्वपूर्ण खेलमा दुर्गति भोग्नुपर्ने परिस्थिति नआउला भन्न सकिन्न। प्रदिप ऐरी, ज्ञानेन्द्र मल्ल जस्ता ब्याट्सम्यानहरुले माथिल्लो क्रममा रन बनाउदै जिम्मेवारी देखाउनु जरुरि छ।

Gyanendra Malla
Gyanendra Malla

प्रदिप ऐरीले ८ रन बनाउन १७ बल खेल्नु, ज्ञानेन्द्र मल्लले ७ रन बनाउन २० रन खेल्नुले नेपाली ब्याट्सम्यानमा देखिएको दबाब प्रस्ट देखिन्छ। एकातर्फ पारस खड्काले आक्रामक इनिंग खेल्दा प्राकृतिक रुपमा सट खेल्न रुचाउने ब्याट्सम्यान प्रदिप र ज्ञानेन्द्रको ब्याट थामिनु अवस्य सुभ संकेत हैन। मलेसियासंग यदी पारस खड्काले विकेट गुमाएको भए नेपालको जित मुस्किल हुने अवस्था थियो।

लगातार फ्लप सावित भइरहेका ज्ञानेन्द्र मल्ललाई टिमले निरन्तर मौका दिईरहेको छ। मल्लले हालसम्म १६ टि-२० अन्तर्राष्ट्रिय खेल्दा १३ को औशतले १९५ रन बनाएका छन्। प्रदिप ऐरीको स्थिति त झनै दयनीय रहेको छ , उनले खेलेको १० खेलमा मात्र ७.५ को औशतले ७५ रन बनाएका छन्। लगातार मौकाको बाबजुद पनि प्रदर्शन देखाउन नसकेका खेलाडीहरु माथिल्लो क्रममा हुनुले नेपालको ब्याटिंग चिन्ता थप भएको छ। दोश्रो टि-२० मा यी ब्याट्सम्यानहरुले रन बनाउदै आत्मविश्वास फर्किनु नेपाली टिमको लागि महत्वपूर्ण हुनेछ।

सन्दिप लामिछाने, बसन्त रेग्मी र ललित राजबंशी बाहेक नेपाली ब्याटिंग लाइन अपमा ८ जना ब्याट्सम्यानहरु रहेका छन्। त्यसैले माथिल्लो क्रमका ब्याट्सम्यानहरुले खुलेर ब्याटिंग गर्दै सुरुवात देखि बिपक्षीलाई दबाबमा राख्नु आवस्यक छ।

 

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy