नेपालले ओमानमा चौदेशीय टि-२० सिरिज खेल्ने, आयो खेल तालिका

ओमानमा फेब्रुअरी १७ तारिख देखि सुरु हुने आईसीसी टि-२० विश्वकप ग्लोबल क्वालिफायरको तयारी स्वरूप नेपाली राष्ट्रिय क्रिकेट टिमले चार टिम सहभागी क्वाडर्यांगुलर टि-२० सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघले शनिवार घोषणा गरेको सिरिजको तालिका अनुसार नेपालले टेस्ट राष्ट्र आयरल्याण्ड, ओमान र युएईसंग सिरिज खेल्नेछ। सबै चार देश विश्वकप ग्लोबल छनोटमा सहभागी हुँदैछन्। सिरिजमा सहभागी हुन नेपाली टिम फेब्रुअरी ९ तारिखमा ओमान पुग्नेछ।

सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ११ तारिखमा आयोजक ओमानसंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी १२ तारिखमा युएईसंग तथा तेश्रो खेल फेब्रुअरी १४ तारिखमा आयरल्याण्डसंग खेल्नेछ।

सिरिजमा सहभागिता पछि नेपालले फेब्रुअरी १७ देखि २४ तारिखमा ग्लोबल क्वालीफायर ‘ए’ खेल्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक ओमान, आयरल्याण्ड, जर्मनी, फिलिपिन्स, युएई, बहराईन, क्यानडा प्रतिस्पर्धा गर्दैछन्।

ग्लोबल छनोट (ए) मा सहभागी आठ टोलिलाई दुई वटा समुहमा बिभाजन गरिएको छ। नेपालको समुहमा ओमान, फिलिपिन्स र क्यानडा छन्। अर्को समुहमा युएई, बहराइन, आयरल्याण्ड र जर्मनी छन्। समुह चरणमा सबै टिमले एकअर्कासंग एक/एक खेल खेलेपछि समुहको शिर्ष दुई टिम सेमीफाइनल पुग्नेछ। दुईवटा सेमीफाइनलको विजेता टिम फाइनल पुग्नेछ भने टि-२० विश्वकप २०२२ को लागि समेत छनोट हुनेछ।

समुह ‘ए’ : नेपाल, ओमान, फिलिपिन्स र क्यानडा
समुह ‘बि’ : युएई, बहराइन, आयरल्याण्ड र जर्मनी

प्रतियोगितामा नेपालले पहिलो खेल ओमानसंग फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी मैदानमा खेल्ने छ। खेल नेपाली समय बिहान ११:४५ बजे सुरु हुनेछ यस्तै दोश्रो खेल फिलिपिन्ससंग फेब्रुअरी १९ तारिखमा अल अमिरात क्रिकेट मैदानमा खेल्नेछ। खेल नेपाली समय बिहान ११:४५ बजे सुरु हुनेछ। तेश्रो खेल क्यानडासंग फेब्रुअरी २१ तारिखमा ओमान क्रिकेट एकेडेमी मैदानमा खेल्नेछ। खेल नेपाली समय बेलुका ३:४५ बजे सुरु हुनेछ।

नेपाल Vs ओमान : फेब्रुअरी १८ , ११:४५ बजे बिहान ( ओमान क्रिकेट एकडेमी मैदान )

नेपाल Vs फिलिपिन्स : फेब्रुअरी १९, ११:४५ बजे बिहान ( अल अमिरात क्रिकेट मैदान )

नेपाल Vs क्यानडा : फेब्रुअरी २१, ३:४५ बजे ( ओमान क्रिकेट एकडेमी मैदान )

टि-२० विश्वकप ग्लोबल क्वालीफायरको लागि घोषित नेपाली टिम : सन्दिप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, आरिफ शेख, कुशल मल्ल, बिबेक यादव, प्रदिप ऐरी, लोकेश बम, करन केसी, अविनाश बोहरा, कमल सिंह ऐरी, जितेन्द्र मुखिया र शाहब आलम

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy