नेपालले ओमानमा चौदेशीय टि-२० सिरिज खेल्ने, आयो खेल तालिका

Nepal Cricket Team

ओमानमा फेब्रुअरी १७ तारिख देखि सुरु हुने आईसीसी टि-२० विश्वकप ग्लोबल क्वालिफायरको तयारी स्वरूप नेपाली राष्ट्रिय क्रिकेट टिमले चार टिम सहभागी क्वाडर्यांगुलर टि-२० सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघले शनिवार घोषणा गरेको सिरिजको तालिका अनुसार नेपालले टेस्ट राष्ट्र आयरल्याण्ड, ओमान र युएईसंग सिरिज खेल्नेछ। सबै चार देश विश्वकप ग्लोबल छनोटमा सहभागी हुँदैछन्। सिरिजमा सहभागी हुन नेपाली टिम फेब्रुअरी ९ तारिखमा ओमान पुग्नेछ।

सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ११ तारिखमा आयोजक ओमानसंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी १२ तारिखमा युएईसंग तथा तेश्रो खेल फेब्रुअरी १४ तारिखमा आयरल्याण्डसंग खेल्नेछ।

सिरिजमा सहभागिता पछि नेपालले फेब्रुअरी १७ देखि २४ तारिखमा ग्लोबल क्वालीफायर ‘ए’ खेल्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक ओमान, आयरल्याण्ड, जर्मनी, फिलिपिन्स, युएई, बहराईन, क्यानडा प्रतिस्पर्धा गर्दैछन्।

ग्लोबल छनोट (ए) मा सहभागी आठ टोलिलाई दुई वटा समुहमा बिभाजन गरिएको छ। नेपालको समुहमा ओमान, फिलिपिन्स र क्यानडा छन्। अर्को समुहमा युएई, बहराइन, आयरल्याण्ड र जर्मनी छन्। समुह चरणमा सबै टिमले एकअर्कासंग एक/एक खेल खेलेपछि समुहको शिर्ष दुई टिम सेमीफाइनल पुग्नेछ। दुईवटा सेमीफाइनलको विजेता टिम फाइनल पुग्नेछ भने टि-२० विश्वकप २०२२ को लागि समेत छनोट हुनेछ।

समुह ‘ए’ : नेपाल, ओमान, फिलिपिन्स र क्यानडा
समुह ‘बि’ : युएई, बहराइन, आयरल्याण्ड र जर्मनी

प्रतियोगितामा नेपालले पहिलो खेल ओमानसंग फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी मैदानमा खेल्ने छ। खेल नेपाली समय बिहान ११:४५ बजे सुरु हुनेछ यस्तै दोश्रो खेल फिलिपिन्ससंग फेब्रुअरी १९ तारिखमा अल अमिरात क्रिकेट मैदानमा खेल्नेछ। खेल नेपाली समय बिहान ११:४५ बजे सुरु हुनेछ। तेश्रो खेल क्यानडासंग फेब्रुअरी २१ तारिखमा ओमान क्रिकेट एकेडेमी मैदानमा खेल्नेछ। खेल नेपाली समय बेलुका ३:४५ बजे सुरु हुनेछ।

नेपाल Vs ओमान : फेब्रुअरी १८ , ११:४५ बजे बिहान ( ओमान क्रिकेट एकडेमी मैदान )

नेपाल Vs फिलिपिन्स : फेब्रुअरी १९, ११:४५ बजे बिहान ( अल अमिरात क्रिकेट मैदान )

नेपाल Vs क्यानडा : फेब्रुअरी २१, ३:४५ बजे ( ओमान क्रिकेट एकडेमी मैदान )

टि-२० विश्वकप ग्लोबल क्वालीफायरको लागि घोषित नेपाली टिम : सन्दिप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, आरिफ शेख, कुशल मल्ल, बिबेक यादव, प्रदिप ऐरी, लोकेश बम, करन केसी, अविनाश बोहरा, कमल सिंह ऐरी, जितेन्द्र मुखिया र शाहब आलम





थप समाचार

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]

आर्मीकाे अपराजित यात्रा कायम

काठमाडौं। त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। […]

आइजिपी कप : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने

काठमाडाैं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने […]