पाकिस्तान ए विरुद्ध नेपाल टस जितेर ब्याटिंग गर्दै, यस्तो छ अन्तिम एघार

श्रीलंकामा जारि एसीसी इमर्जिंग टिम्स एसिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र पाकिस्तान ‘ए’ संग खेल्दैछ।

कोलोम्बो क्रिकेट क्लब मैदानमा टस जितेर नेपालले पहिले ब्याटिंग रोजेको छ। टसको क्रममा रोहितले २६०-७० सम्म बनाउन सके राम्रो योगफल हुने बताए। पाकिस्तान कप्तानले सुरुवातको केहि ओभर बलरलाई फाइदा हुने हुनाले टस जितेको भए बलिंगनै रोज्न चाहेको बताए। उनले नेपाललाई २ सय रन भित्र रोक्न चाहेको बताए।

नेपालले अन्तिम एघारमा अफ स्पिन अलराउण्डर पवन सर्राफलाई मौका दिएको छ। देव खनाल, किशोर महतो, सुर्य तामांग, सन्दिप जोरा आज बेन्चमा छन्।

नेपालको अन्तिम एघार : रोहित पौडेल ( कप्तान ) , आसिफ शेख, कुशल भुर्तेल, अर्जुन साउद, भिम शार्की, कुशल मल्ल, गुल्सन झा, ललित राजबंशी, सोमपाल कामि, प्रतिश जिसी, पवन सर्राफ

पाकिस्तान ए अन्तिम एघार : सैम आयुब, हसीबुल्लाह, मुहम्मद ताहिर, मुहम्मद हरिस, कमरान घुलाम, ओमेर बिन युसफ, मुबसिर खान, एहमद बट, मेहरान मुमताज, मुहम्मद वासिम, शाहनवाज दहानी





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]