पाकिस्तान ए विरुद्ध नेपाल टस जितेर ब्याटिंग गर्दै, यस्तो छ अन्तिम एघार

श्रीलंकामा जारि एसीसी इमर्जिंग टिम्स एसिया कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र पाकिस्तान ‘ए’ संग खेल्दैछ।

कोलोम्बो क्रिकेट क्लब मैदानमा टस जितेर नेपालले पहिले ब्याटिंग रोजेको छ। टसको क्रममा रोहितले २६०-७० सम्म बनाउन सके राम्रो योगफल हुने बताए। पाकिस्तान कप्तानले सुरुवातको केहि ओभर बलरलाई फाइदा हुने हुनाले टस जितेको भए बलिंगनै रोज्न चाहेको बताए। उनले नेपाललाई २ सय रन भित्र रोक्न चाहेको बताए।

नेपालले अन्तिम एघारमा अफ स्पिन अलराउण्डर पवन सर्राफलाई मौका दिएको छ। देव खनाल, किशोर महतो, सुर्य तामांग, सन्दिप जोरा आज बेन्चमा छन्।

नेपालको अन्तिम एघार : रोहित पौडेल ( कप्तान ) , आसिफ शेख, कुशल भुर्तेल, अर्जुन साउद, भिम शार्की, कुशल मल्ल, गुल्सन झा, ललित राजबंशी, सोमपाल कामि, प्रतिश जिसी, पवन सर्राफ

पाकिस्तान ए अन्तिम एघार : सैम आयुब, हसीबुल्लाह, मुहम्मद ताहिर, मुहम्मद हरिस, कमरान घुलाम, ओमेर बिन युसफ, मुबसिर खान, एहमद बट, मेहरान मुमताज, मुहम्मद वासिम, शाहनवाज दहानी

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy