नेपाल इमर्जिंग एसिया कपको समुह चरणबाटै बाहिर, भारतको रवाफिलो जित

श्रीलंकामा जारि एसीसी इमर्जिंग टिम्स एसिया कप अन्तर्गत नेपाल लगातार दोश्रो खेलमा हार बेहोर्दै समुह चरणबाट बाहिर भएको छ। पहिलो खेलमा नेपाल पाकिस्तानसंग पराजित भएको थियो।

समुह ‘बि’ बाट २/२ खेलमा जित दर्ता गर्दै पाकिस्तान ए र भारत ए सेमीफाइनल प्रवेश गरेका छन्। आजै पाकिस्तानले युएईलाई पराजित गरेको हो। नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो अन्तिम खेलमा युएई ए संग प्रतिस्पर्धा गर्नेछ। भारत र पाकिस्तान बीच समुह विजेताको लागि प्रतिस्पर्धा हुनेछ।

आर प्रेमदासा स्टेडियममा सम्पन्न खेलमा नेपालले दिएको १६८ रनको लक्ष्य भारतले मात्र १ विकेट गुमाएर २२.१ ओभरमा पुरा गर्दै ९ विकेटको रवाफिलो जित दर्ता गर्यो।

भारतको लागि ओपनर साई सुदर्शन र अभिषेक शर्माले १९ ओभरमा १३९ रनको ओपनिंग साझेदारी गर्दै भारतलाई सहज जितको बाटो दिए। रोहित पौडेलबाट उन्नाईसौं ओभरको अन्तिम बलमा क्याच आउट हुनु अघि अभिषेकले ८७ रन बनाए जुन क्रममा ६९ बलमा १२ चौका र २ छक्का प्रहार गरे। सुदर्शनले ५२ बलमा ८ चौका र १ छक्का मद्दतले अविजित ५८ रन तथा ध्रुभ जुरेलले १२ बलमा १ चौका र २ छक्का मद्दतले अविजित २१ रन बनाए।

नेपालको लागि कप्तान रोहित पौडेलले एक मात्र विकेट लिए जुन क्रममा ४ ओभरमा २५ रन खर्चिए।

यस अघि टस जितेर ब्याटिंग गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो।

अत्यन्त खराब सुरुवात गरेको नेपालले ३७ रन बनाउदा ५ विकेट गुमायो। भारतीय ओपनिंग फास्ट बलर हर्षित राना र राजवर्धन हांगरगेकरको बलिंग अघि नेपाली माथिल्लो क्रम जवाफविहिन देखियो। ओपनर कुशल भुर्तेल खाता नखोली पहिलो ओभरमै आउट भए भने अर्का ओपनर आसिफ शेखले ७ रन बनाए। अर्जुन साउदको स्थानमा मौका पाएका देव खनालले १५ रन बनाए भने भिम शार्की ४ तथा कुशल मल्ल खाता नखोली आउट भए।

छैठौं विकेटको लागि कप्तान रोहित पौडेलले सोमपाल कामिसंग ५३ रनको साझेदारी गरे। सोमपाल १४ रन बनाएर आउट भए पछि रोहितले गुल्सन झासंग छैठौं विकेटको लागि ५४ रन जोडे। रोहित चौतिसौं ओभरमा निशान्त सिन्धुबाट विकेट पछाडी समातिन पुगे। लिस्ट ए क्रिकेटमा नवौं अर्धशतक बनाएका पौडेलले ८५ बलमा ७ चौका मद्दतले ६५ रन बनाए। लगत्तै स्पेलको अर्को ओभर बलिंग गर्ने क्रममा निशान्तले गुल्सनलाई पनि पेभेलियन फर्काए। झाले ३० बलमा २ चौका र २ छक्का मद्दतले ३८ रन बनाए। ६ रन बनाएका पवन सर्राफ र ३ रन बनाएका ललित राजबंशीको विकेट लिंदै निशान्तले नेपालको इनिंग्स समाप्त पारे।

देब्रे हाते स्पिनर निशान्त सिन्धुले ३.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए। राजवर्धन हांगरगेकरले ३ तथा हर्षित रानाले २ विकेट लिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]