अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग पराजित

जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि दक्षिण अफ्रिकाका रहेको नेपाली टोली स्कटल्यान्डसँगको अभ्यास खेलमा पराजित भएको छ ।

बिहीबार भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग सात विकेटले पराजित भएको हो । जितको लागि एक सय ३३ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले २९ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलन ५९ र कप्तान रिची बेरिंग्टन ४१ रन बनाए । बलिङमा नेपालका गुलशन झाले दुई र सोमपाल कामीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २८.५ ओभरमा सवै विकेटको क्षतिमा एक सय ३२ रन मात्र बनाउन सकेको थियो । नेपालका लागि कुशल मल्लले ३७ रन बनाए । आसिफ शेखले २८, कुशल भुर्तेलले १६ र दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा स्कटल्यान्डका ब्रेन्डन म्याकुमलन र ज्याक जार्विसले तीन तीन विकेट लिए । शफ्यान शरिफले दुई तथा निल र हम्जा ताहिरले एक एक विकेट लिए। नेपालले दक्षिण अफ्रिकामै शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]