मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

घरेलु टोली नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ ।

मङ्गलवार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो । नेपालको जितले ओमान पनि सेमिफाइनल पुगेको छ ।

नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्ने छ । यो खेलले समूह विजेता र उपविजेता तय गर्ने छ ।

मलेसियाले दिएको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका लागि कुशल मल्लले ६५ र कुशल भुर्तेलले ४३ रन बनाए ।

नेपालले पहिलो विकेटका लागि ४९ रन र दोस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेको थियो । आसिफ शेख ३२ र रोहित पौडेल २ रन बनाएर आउट भए । मल्लले ३४ बलमा ७ छक्का र २ चौका प्रहार गरे । यस्तै भुर्तेलले २५ बलमा चार छक्का र चार चौका हिर्काए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन जोड्यो ।

मलेसायका लागि प्रारम्भिक ब्याट्सम्यान सेयद अजिज एक्लैले ६८ रन बनाए । अर्का ओपनर जुबाईदी जुल्कीफिलले २४ रन बनाए । कप्तान अहमद फैज ३ रन जोडेपछि रन आउटको सिकार बने । आक्रामक ब्याट्सम्यानको परिचय बनाएका विरनदिप सिंहले पनि ४ रन मात्र बनाउन सके ।

नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले एक(एक विकेट लिए । मलेसियाले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेको थियो भने सुरुको ६ ओभरमा एक विकेट गुमाएर ६० रन जोडेको थियो ।

त्यसपछि १३.५ ओभरमा ११९-३ को स्थितिमा रहेको मलेसिया विशाल योगफलतर्फ देखिएको थियो । तर सोही ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेलले सार्भिन मुनाइन्दीलाई आउट गरेपछि मलेसिया लगातार विकेट गुमाएर दबाबमा आएको थियो ।

रोहितले त्यस ओभरमा १५ रन खर्चिएपछि मुनाइन्दीलाई आउट गरेका थिए। १५ औँ ओभरको चौथो बलमा लयमा रहेका अजिजलाई गुल्सनले आउट गरे । त्यसपछि मलेसियाको रन गति केही सुस्त बनेको थियो । सन्दीपले चार ओभरमा २२ रन दिए भने अविनाशले ४ ओभरमा २७ रन खर्चिए ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]