नेपाललाई सिरिज

पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा सोमबार भएको तेस्रो तथा सिरिजको अन्तिम खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले हरायो । नेपालले सिरिज २–१ ले जितेको हो । यसअघि पहिलो खेलमा तीन विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा जिम्बावेलाई नौ विकेटले पराजित गरेको थियो ।

जिम्बावेले दिएको दुई सय १४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेले । दिपेन्द्रसिंह ऐरीले पनि अविजित रहँदै ६० रनको अर्धशतकीय इनिङ खेल्नुभयो । आसिफ शेखले २९, विनोद भण्डारीले अविजित २८ र सुनिल धमलाले ६ रन बनाए । रोहित पौडेल सुन्य रनमा आउट भए । बलिङमा जिम्बावेका ब्राण्डन माभुताले तीन विकेट लिए । अर्को विकेट ब्राड इभान्सले झारे .

पानीका कारण मैदान भिजेकोले ३३ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो । जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । कुड्जाई मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, लुक जोग्वीले १९, सेफासले १६ र इनोसेन्ट कियाले १२ रन बनाए । बलिङमा नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिए । सोमपाल कामीले दुई तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको तयारीका लागि जिम्बावेसँग सिरिज खेलेको हो । यसअघि नेपालले जिम्बावेसँग टी–२० सिरिज पनि खेलेको थियो । दुई टोलीबीच भएको टी-२० सिरिज १-१ को बराबरीमा सकिएको थियो । टी-२० सिरिजमा नेपाल र जिम्बावेले एक एक खेल जितेका थिए । एक खेल वर्षाका कारण स्थगित भएको थियो ।

आइसिसी लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा छ । नेपालले १२ खेलमा ६ जित र ६ वटै हार खेपेको छ । नेपालसहित ओमान, युएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पपुवा न्युगिनी (पीएनजी) गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]