टी-२० विश्वकप छनौट अन्तर्गत आज नेपाल र सिंगापुर बीच प्रतिस्पर्धा

आज देखि काठमाडौँमा सुरु हुने आइसिसी टी-२० विश्वकप एसिया फाइनल छनोट अन्तर्गत आज नेपालले सिंगापुरसँग खेल्दैछ।

खेल बिहान ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभीले गर्नेछ।

प्रतियोगितामा ८ राष्ट्र सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै मलेसिया, सिंगापुर र ओमान छन् । समूह ‘ए’ का सबै खेल कीर्तिपुर क्रिकेट मैदानमा हुनेछन् । समूह ‘बी’ मा हङकङ, कुवेत, युएई र बहराइन छन् । समूह ‘बी’ का सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्। समूह ‘ए’ र समूह ‘बी’बाट शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन्।

खेलबाट स्टार लेग स्पिनर सन्दिप लामिछानेले नेपाली टिममा पुनरागमन गर्नेछन् जो हंगकंग र युएईसंगको त्रिकोणात्मक सिरिजमा व्यक्तिगत कारणले अनुपस्थित थिए।

नेपालको सम्भावित प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन् ।

हेड टु हेड 

टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र सिंगापुर बीच ४ पटक प्रतिस्पर्धा भएको छ। त्यस मध्ये दुई खेल वर्षाका कारण रद्द भएको थियो भने बाँकि दुई खेलमा एक/एक खेल सिंगापुर र नेपालले जितेका थिए। सन् २०१९ पछि दुई टिम प्रतिस्पर्धा गरेका छैनन्।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]