टी-२० विश्वकप छनौट अन्तर्गत आज नेपाल र सिंगापुर बीच प्रतिस्पर्धा

आज देखि काठमाडौँमा सुरु हुने आइसिसी टी-२० विश्वकप एसिया फाइनल छनोट अन्तर्गत आज नेपालले सिंगापुरसँग खेल्दैछ।

खेल बिहान ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभीले गर्नेछ।

प्रतियोगितामा ८ राष्ट्र सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै मलेसिया, सिंगापुर र ओमान छन् । समूह ‘ए’ का सबै खेल कीर्तिपुर क्रिकेट मैदानमा हुनेछन् । समूह ‘बी’ मा हङकङ, कुवेत, युएई र बहराइन छन् । समूह ‘बी’ का सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्। समूह ‘ए’ र समूह ‘बी’बाट शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउनेछन्।

खेलबाट स्टार लेग स्पिनर सन्दिप लामिछानेले नेपाली टिममा पुनरागमन गर्नेछन् जो हंगकंग र युएईसंगको त्रिकोणात्मक सिरिजमा व्यक्तिगत कारणले अनुपस्थित थिए।

नेपालको सम्भावित प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन् ।

हेड टु हेड 

टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र सिंगापुर बीच ४ पटक प्रतिस्पर्धा भएको छ। त्यस मध्ये दुई खेल वर्षाका कारण रद्द भएको थियो भने बाँकि दुई खेलमा एक/एक खेल सिंगापुर र नेपालले जितेका थिए। सन् २०१९ पछि दुई टिम प्रतिस्पर्धा गरेका छैनन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy