सन्दिपले किर्तिमान कायम गर्दा, सिंगापुर ८१ मै समेटियो

  • विकेटनेपाल-२६ असोज

आईसीसी टि-२० बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले अन्तिम खेलमा सिंगापुरसंग खेल्दैछ। यस खेलको बिजेता प्रतियोगिताको च्याम्पियन् समेत बन्नेछ। दुवै टिम यस अघिनै एसिया छनौट खेल्न छनौट भैसकेका छन्।

पहिले ब्याटिंग गर्दै सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बायुमास ओभल मैदानमा टस हारेर ब्याटिंग गरेको सिंगापुरले खराब सुरुवात गर्यो। सोमपाल कामिले ओपनर अरित्रा दत्ता ( ४ ) र तेश्रो नम्बरका कुमारंगे ( ६ ) लाई पेभेलियन फर्काए भने छैठौं ओभरमा बसन्त रेग्मीले चन्द्रमोहन ( २५ ) लाई उही बाटो देखाउदा ३२ रनमा सिंगापुरले ३ विकेट गुमायो।

त्यसपछि पनि सिंगापुरको विकेट जाने शिलशिला रोकिएन।मध्ये क्रमका चेतन सुर्यबंशी ( ९ ) र मनप्रित सिंह ( १० ) लाई सन्दिप लामिछानेले पेभेलियन फर्काए। सिंगापुरको तल्लो क्रमले पनि खास प्रदर्शन गर्न सकेन र १७.३ ओभरमा ८१ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

नेपालको बलिङ्गमा सन्दिप लामिछानेले ४ विकेट हात पारे जुन क्रममा ३.३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए। यस्तै सोमपाल कामि ( ३-०-२०-२ ) र करन केसीले ( ३-०-१८-२ ) २/२ विकेट तथा बसन्त रेग्मी र ललित राजबंशीले १/१ विकेट हात पारे।

सन्दिपको किर्तिमान 

सिंगापुरसंग ४ विकेट लिएपछि सन्दिप नेपालको लागि एकै अन्तर्रास्ट्रिय प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। यो रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको थियो। रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तिन दिवसीय ) प्रतियोगितामा २१ विकेट लिएका थिए।

प्रतियोगितामा सन्दिपको विकेट संख्या २४ पुगेको छ जुन क्रममा उनले मलेसिया र थाईल्याण्डसंग ५/५ विकेट, म्यानमार र सिंगापुरसंग ४/४ विकेट तथा भुटान र चिनसंग ३/३ विकेट लिएका छन्।

नेपाल प्लेयिंग ११ :– बिनोद भण्डारी, अनिल साह, दिपेन्द्र ऐरि, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, ललित राजबंशी, शरद भेसावकर, पारस खड्का, सोमपाल कामी, करन केसी

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy