- विकेटनेपाल, असोज २६
अस्ट्रेलियामा आयोजना हुने टि-२० बिश्वकप २०२० को लागि पहिलो छनौट प्रतियोगिता एसिया पूर्वी छनौटको बिजेताको रुपमा नेपालले पहिलो खुड्किला पार गरेको छ।
मलेसियामा प्रतियोगिताबाट नेपाल विजेता नेपाल, उपविजेता सिंगापुर र तेश्रो स्थानमा रहँदै मलेसियाले छनौटको दोश्रो चरण एसिया छनौटमा प्रवेश गरेको छ। एसिया छनौटमा यस अघिनै पश्चिम क्षेत्रबाट युएई, कुवेत र कतार प्रवेश गरिसकेका छन्।
एसिया ( पूर्वी ) छनौटमा नेपाल र सिंगापुरले समान ५/५ जित हात पारे भने अन्तिम खेल सिंगापुर र नेपाल बीच नतिजा बिहिन टुंगिनपुगेपछि नेट रन-रेटमा अघि रहेको आधारमा नेपाल विजेता घोषित भएको हो। अन्तिम दिनको खेलमा मलेसियाले चिनलाई पराजित गर्दै थाईल्याण्डसंग बराबरी अंक ( ७ ) भए पनि नेट रनरेटले पछि पार्दै छनौट हुने तेश्रो टिम बन्न पुग्यो।
कसरि छनौट हुन्छ नेपाल बिश्वकप ?
नेपाल सहित सिंगापुर, मलेसिया, युएई, कतार र कुवेत गरि ६ टिमले टि-२० बिश्वकपको दोश्रो खुड्किलो एसिया छनौट खेल्नेछन्। प्रतियोगिताको मिति सार्वजनिक भएको छैन। एसिया छनौटमा पनि अंकतालिकामा उत्कृस्ट २ हुने टिम अर्थात विजेता र उपविजेता तेश्रो र अन्तिम छनौट चरण खेल्न छानिनेछन्।
ग्लोबल छनौटमा कसले खेल्नेछन् ?
ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका ६ टिम र बिभिन्न क्षेत्रबाट उत्कृस्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन्। ग्लोबल छनौटमा एसिया, अफ्रीका र अमेरिकाबाट २/२ टिम तथा यूरोप र इस्ट एसिया प्यासिफिकबाट १ टिम गरि ८ टिम पुग्नेछन्।
ग्लोबल टि-२० बिश्वकप छनौटबाट उत्कृस्ट ६ टिम गरि कुल १६ टिम टि-२० बिश्वकप खेल्ने छन्। यस्तै आईसीसीको टि-२० वरियतामा उत्कृस्ट ९ टिम र आयोजक अस्ट्रेलिया गरि १० टिम टि-२० बिश्वकप खेल्न स्वतः छनौट हुनेछन्।
ट्वान्टी-२० विश्वकपमा नेपालको इतिहास :
सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी-२० विश्वकपमा आफ्नो स्थान बनाएको नेपालले त्यसयता आईसीसीको अन्य कुनै विधाको विश्वकपमा आफ्नो स्थान पक्का गर्न सकेको छैन। २०१४ मा पहिलो चरणबाटनै बाहिरिएको नेपालले आफुले खेलेका ३ खेलमा २ जित हात पार्न हंगकंग र अफगानिस्तानलाई पराजित गरेको थियो। नेपाल र बंगलादेशले समान ४/४ अंक बटुले पनि नेट रन रेटमा अघि भएका कारण बंगलादेश दोस्रो चरण प्रवेश गरेको थियो।
सन् २०१६ को ट्वान्टी-२० विश्वकपका लागि आयोजित छनौट प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेको थियो। आयरल्याण्ड र स्कटल्याण्डमा सम्पन्न छनौट प्रतियोगितामा समुह ‘ए’ मा रहेको नेपालले ६ खेलमा १ मात्र जित हात पारेको थियो र १२ औं स्थानमा प्रतियोगिताको अन्त्य गरेको थियो। सोहि प्रतियोगितामा गरेको खराब प्रदर्शन पछि नेपालले आफुले पाएको टि-२० अन्तर्राष्ट्रियको मान्यता समेत गुमाएको थियो।

नेपालले पहिलो पटक सन् २०१२ मा टि-२० बिश्व कप छनौट खेलेको थियो जसमा नेपालले सातौँ स्थान हाँसिल गरेको थियो र छनौट हुन असफल भएको थियो। त्यसपछि सन् २०१३ मा भएको छनौट प्रतियोगिता तेश्रो स्थान हाँसिल गर्दै नेपाल २०१४ बिश्वकप खेल्न छनौट भएको थियो।