नेपाल टि-२० लिगको खेल तालिका सार्वजनिक

आगामी महिना डिसेम्बर १२ तारिख देखि काठमाडौँमा सुरु हुने नेपाल टि-ट्वान्टी लिगको खेल तालिका सार्वजनिक भएको छ। २० दिन सम्म चल्ने प्रतियोगिता डिसेम्बर ३१ तारिखसम्म हुनेछ।

लिगको उद्घाटन खेलमा काठमाडौँ गुर्खाज र पोखरा एभेन्जर्स तथा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेड प्रतिस्पर्धा गर्नेछन्।

६ फ़्रेन्चाइज् टिम सहभागी प्रतियोगिता डबल राउण्ड रोबिन फर्म्याटमा खेलिनेछ। सबै टिमले एक अर्कासंग लिग चरणमा २/२ खेल खेल्नेछन्। डिसेम्बर १२ देखि २६ तारिखसम्म प्रत्येक दिन दुई वटा खेल हुनेछन्। डिसेम्बर २७ तारिखमा पहिलो क्वालिफायर हुनेछ। डिसेम्बर २८ मा इलिमीनेटर, डिसेम्बर २९ तारिखमा दोश्रो क्वालिफायर हुनेछ भने डिसेम्बर ३१ तारिखमा फाइनल हुनेछ। सम्पूर्ण खेलहरु टियु मैदान किर्तिपुरमा हुनेछ।

प्रतियोगितामा काठमाडौँ गुर्खाज पोखरा एभेन्जर्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फारवेस्टर्न युनाइटेड गरि ६ टिम सहभागी छन्।

लिगको ड्राफ्ट सेप्टेम्बरमा सम्पन्न भैसकेको छ। यस अघि सेप्टेम्बर २४ तारिख देखि सुरु हुने भनिएता पनि विविध कारण देखाउदै प्रतियोगिता डिसेम्बरमा सारिएको थियो।

नेपाल टि-ट्वान्टी लिग कुन टिममा को-को खेलाडीहरु छन् 

कुन टिममा को-को छन् खेलाडीहरु 

काठमाडौं गोर्खाज : ज्ञानेन्द्र मल्ल (मार्की), लोकेश बम (बी), बसिर अहमद (बी), कमल सिंह ऐरी (बी),अविनाश बोहरा (बी), अनिल खरेल (सी), सौरभ खनाल (सी), सन्दीप रजाली (सी), सन्तोष कार्की (सी), सुनम गौतम (सी), गौतम केसी (सी) , विदेशी खेलाडीहरु : थिसारा परेरा, दर्शनप्रिया एस विराक्कोडी, कामिन्दु मेन्डीस, भीरन दिपसिंह, धनन्जय डी सिल्भा

पोखरा एभेन्जर्स : आशिफ शेख (मार्की), शरद भेषावकर (ए), कुशल मल्ल(बी), प्रतिश जिसी (बी), आरिफ शेख (बी), तुलबहादुर थापा (सी), विशाल विक्रम केसी (सी), कृष्ण कार्की (सी), बिपिन खत्री (सी), सुमित महर्जन (सी), सिद्धान्त लोहनी (सी) , विदेशी खेलाडीहरु : मोहम्मद हफिज, सेक्कुगे प्रसन्ना, निरोशन डिकवेला, सलमान इर्शाद, शेहान मधुशनाका

विराटनगर सुपर किंग्स : रोहित पौडेल (मार्की), अर्जुन साउद (बी), नन्दन यादव (बी) ,विवेक यादव(बी), साहब आलम (बी), अमरसिंह रौटेला (सी), नारायण जोशी (सी), सूर्य तामाङ(सी), प्रदीप ऐरी (सी), पृथु बास्कोटा(सी), रिजन ढकाल (सी) , विदेशी खेलाडीहरु : एन्जेलो म्याथुज, जोशुवा पर्सुद, आन्द्रे म्याकार्थी, गौरानसु शर्मा, मिनोद रानासिंघे, केओन जोसेफ

लुम्बिनी अल स्टार्स : दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), अनिल कुमार शाह (बी), कुशल भुर्तेल (बी), गुल्सन झा (बी), सागर ढकाल (बी), योगेन्द्रसिंह कार्की(सी), किशोर महतो (सी), तिलकराज भण्डारी (सी), सुनिल धमला (सी), आकास चन्द (सी) र ईशान पाण्डे (सी) विदेशी खेलाडीहरु :  बेन कटिंग, रखिम कर्नवाल, प्याट ब्राउन, बिपुल शर्मा, लाहिरु मिलान्था, नुवान तुषारा

जनकपुर रोयल्स : सोमपाल कामी (मार्की), सन्दीप जोरा (बी), आदिल अन्सारी (बी), दीलिप नाथ (बी), ललित नारायण राजवंशी (बी), सुशन भारी (सी), सागर पुन(सी), पवन सरार्फ (सी), जितेन्द्र मुखिया (सी), खडक बोहरा (सी), राजेश पुलामी (सी) , विदेशी खेलाडीहरु : एडम लिथ, ट्रेभोन अबशाई ग्रिफ्थ, इब्राहिम जद्रान, राज रकी नन्नन, सुभसिंगे प्रियंजन

फार वेस्टर्न युनाइटेड : करन केसी (मार्की), विनोद भण्डारी (बी), भीम सार्की(बी), देव खनाल (बी), राशिद खान(बी), दुर्गेश गुप्ता(सी), भुवन कार्की(सी), हरिशंकर शाह(सी), शेर मल्ल(सी), बसन्त कार्काी(सी), प्रकाश जैशी(सी), हसिम अन्सारी(सी)  , विदेशी खेलाडीहरु : कार्लोस ब्राथवेट, दुशन हेमान्था, पुलिन थरंगा, जासोन मोहम्मद, अल्लाह घजानफर, जिया-उल रहमान

 





थप समाचार

इमर्जिङ एसिया कपमा स्थान बनाउँन हङकङसँग खेल्दै नेपाल

काठमाडौं । ओमानमा जारी दोस्रो संस्करणको एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ । खेल […]

चेन्नईमाथि लखनाउको जित

काठमाडौं । चेन्नई सुपर किंग्समाथि १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३४ औं खेलमा लखनाउ सुपर जायन्ट्सले जित निकालेको छ […]

जडेजाको अर्धशतकमा लखनाउलाई १७७ रनको लक्ष्य

काठमाडौं । अलराउन्डर रविन्द्र जडेजाको अर्धशतकको सहयोगमा चेन्नई सुपर किंग्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३४ औं खेलमा लखनाउलाई […]

कोशीमाथि बागमतीको रोमान्चक जित

काठमाडौं । काठमाडौं जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत चौथो दिनको पहिलो खेलमा बागमती प्रदेशले रोमाञ्चक जित दर्ता […]

युएईसंग पराजित हुँदा नेपाल एसिया कप छनोट हुन असफल

काठमाडौं । नेपाललाई स्तब्ध पार्दै ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपको युएई सेमिफाइनल प्रवेश गरेको छ । यो […]

सन्दीपको अर्धशतकमा युएईलाई १२० रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले सन्दीप जोराको अर्धशतकको सहयोगमा युएईलाई १ […]