Nepal T20 : पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर भिड्दै

नेपाल टी-२० लिगको पहिलो क्वालिफायरमा आज लुम्बिनी अलस्टार र जनकपुरबीच खेल हुँदैछ।

आज जित हात पार्ने टिमले फाइनलमा स्थान बनाउने छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेपछि खेल हुनेछ।

दुवै टिम जित निकाल्दै सिँधै उपाधि भिडन्त पक्का गर्ने योजनामा छन्। लुम्बिनीले १० खेलमा ८ जित निकाल्दै शीर्ष स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको हो। जनकपुरले लिग चरणका १० खेलमा ७ जित निकालेको थियो।

लिग चरणमा यी दुई टिमबीच भएको पहिलो खेलमा लुम्बिनी ५ रनले विजयी भएको थियो। दोस्रो खेलमा जनकपुरले लुम्बिनीविरुद्ध २३ रनको जित हात पारेको थियो। ​

क्वालिफायर्समा जित निकाल्ने टिम सिँधै फाइनल पुग्ने छ भने पराजित टिमले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग खेल्नेछ। विराटनगर सुपर किंग्स र काठमाडौँ नाइट्सबीच एलिमिनेटर खेल हुनेछ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]