Nepal T20 : पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर भिड्दै

नेपाल टी-२० लिगको पहिलो क्वालिफायरमा आज लुम्बिनी अलस्टार र जनकपुरबीच खेल हुँदैछ।

आज जित हात पार्ने टिमले फाइनलमा स्थान बनाउने छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेपछि खेल हुनेछ।

दुवै टिम जित निकाल्दै सिँधै उपाधि भिडन्त पक्का गर्ने योजनामा छन्। लुम्बिनीले १० खेलमा ८ जित निकाल्दै शीर्ष स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको हो। जनकपुरले लिग चरणका १० खेलमा ७ जित निकालेको थियो।

लिग चरणमा यी दुई टिमबीच भएको पहिलो खेलमा लुम्बिनी ५ रनले विजयी भएको थियो। दोस्रो खेलमा जनकपुरले लुम्बिनीविरुद्ध २३ रनको जित हात पारेको थियो। ​

क्वालिफायर्समा जित निकाल्ने टिम सिँधै फाइनल पुग्ने छ भने पराजित टिमले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग खेल्नेछ। विराटनगर सुपर किंग्स र काठमाडौँ नाइट्सबीच एलिमिनेटर खेल हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy