यस्तो छ नेपालको टि-ट्वान्टी विश्वकप २०२४ छनोट हुने बाटो

सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा संयुक्तरुपमा आयोजना हुने टि-ट्वान्टी विश्वकप प्रतियोगिताको छनोट प्रक्रिया अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले घोषणा गरेको छ।

यस अघि १६ टिम टि-ट्वान्टी विश्वकपमा सहभागी हुँदै आएकोमा २०२४ टि-ट्वान्टी विश्वकपमा चार टिम बढी अर्थात् २० टिम सहभागी हुनेछन्। टिम संख्या बढ्दा नेपालको लागि २०२४ टि-२० विश्वकप खेल्न बढी सहज देखिएको छ। सन् २०१४ मा बंगलादेशमा आयोजित टि-२० विश्वकपमा पहिलो र अन्तिम पटक छनोट भएपछि नेपाल छनोट प्रतियोगिताहरुमा असफल रहँदै आएको छ। गत महिना ओमानमा आयोजित टि-२० विश्वकप ग्लोबल छनोट ‘ए’ प्रतियोगिताको सेमीफाइनलमा युएईसंग पराजित हुँदा नेपालको टि-२० विश्वकप छनोट २०२२ छनोट हुन असफल भएको थियो।

१२ टिम स्वतः छनोट हुने, वरियतामा नेपालको उच्च सम्भावना 

२०२४ टि-ट्वान्टी विश्वकपमा सहभागी हुने २० टिम मध्ये १२ टिम स्वतः छनोट हुनेछन्। आयोजक राष्ट्र वेस्टइन्डिज र अमेरिका तथा अस्ट्रेलियामा आयोजना हुने २०२२ टि-ट्वान्टी विश्वकपका शिर्ष आठ टिम स्वतः छनोट हुनेछन्। त्यसबाहेक १४ नोभेम्बर २०२२ सम्म टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा उच्च स्थानमा रहने टिम पनि स्वतः छनोट हुनेछ।

यदी वेस्टइन्डिज २०२२ टि-ट्वान्टी विश्वकपको शिर्ष-८ मा टिम भएको खण्डमा टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा उच्च स्थानमा रहने तिन वटा टिम स्वतः छनोट हुनेछन्। यदी वेस्टइन्डिज शिर्ष-८ भित्र नपरेको खण्डमा दुई टिम वरियताको आधारमा छनोट हुनेछन्।

टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा नेपाल हाल १२ औं स्थानमा छ। वरियताको शिर्ष-११ भित्र रहने हो भने नेपाल २०२४ टि-ट्वान्टी विश्वकपमा वरियताको आधारमा स्वतः छनोट हुनेछ।

स्वतः छनोट हुने १२ वटा राष्ट्र बाहेक अन्य आठ टिमको छनोट क्षेत्रीय छनोट प्रतियोगिताबाट हुनेछ। अफ्रीका, एसिया र युरोपबाट २/२ टिम तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट १/१ टिम विश्वकप छनोट हुनेछन्। वरियताको आधारमा छनोट नभएको खण्डमा पनि नेपाल एसिया छनोटमा शिर्ष-२ स्थानमा रहे विश्वकप छनोट हुन सक्नेछ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]