दक्षिण एसियाली खेलकुदको लागि प्रारम्भिक नेपाली टिमको घोषणा, सौरभ खनालले पाए मौका

Nepal Cricket Team

मङ्सिर १५ देखि २४ सम्म ( डिसेम्बर १ देखि ) नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद ( साग ) तथा ओमानमा आयोजना हुने टि-२० सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले सेप्टेम्बर १ देखि ( भदौ १५ ) तयारी थाल्ने भएको छ।

प्रतियोगिताको लागि ३५ सदस्यीय नेपाली टिमको पनि घोषणा गरिएको छ। टिमको छनौट मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले गरेका हुन्।

सिंगापुरमा गत महिना सम्पन्न टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) पछि प्रशिक्षक उमेश पटवाल नेपाल बाहिर रहेका थिए। पटवाल नेपाल फर्किएपछि नेपालले अभ्यास थाल्नेछ। सिंगापुरमा आयोजित टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा तेश्रो स्थानमा रहँदै विश्वकप छनौट हुन असफल रहेको थियो।

Saurabh Khanal

दक्षिण एसियाली खेलकुद अघि नेपालले ओमानमा ५ देश सहभागी टि-२० सिरिज खेल्ने तालिका रहेको छ। उक्त सिरिज अक्टोबर ५ देखि १० सम्म आयोजना हुनेछ जसमा आयोजक ओमान सहित , नेपाल , हंगकंग , आयरल्याण्ड र नेदरल्याण्ड सहभागी हुनेछन्।

३५ सदस्यीय प्रारम्भिक नेपाली टिम 

३५ सदस्यीय टिममा युवा खेलाडीहरु रित गौतम, नन्दन यादब, किशोर महतो, ,सागर ढकाल, कुशल मल्ल, आसिफ शेख , इशान पाण्डे जस्ता खेलाडीले मौका पाएका छन्। ओपनिङ्ग ब्याट्सम्यान रितले एसीसी यु-१९ इस्टर्न प्रतियोगितामा सिंगापुर बिरुद्ध शतक बनाएका थिए।

यस्तै २ वर्ष अघि प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरेका सौरभ खनालले पनि प्रारम्भिक टिममा स्थान बनाएका छन्। उक्त प्रतियोगितामा राम्रो प्रदर्शनका बाबजुद उनले राष्ट्रिय टिममा त्यसबेला मौका पाएका थिएनन्। प्रारम्भिक टिममा नरहेका खनाललाई यो पटक भने टि-२० फर्म्याटमा मौका दिईएको छ। आक्रामक ब्याटिंग गर्न सक्ने दायाँ हाते ब्याट्सम्यान खनाल घरेलु टि-२० लिगहरुमा भने लगातार खेलीरहेका छन्।

पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया , प्रदिप ऐरि , सुनिल धमला, सौरभ खनाल, ललित सिंह भण्डारी, बिक्रम सोब, इशान पाण्डे , करन केसी, आसिफ शेख, बिनोद भण्डारी, सन्दिप जोरा , कुशल मल्ल , रित गौतम , पवन सर्राफ , अमित श्रेष्ठ, किशोर महतो , आरिफ शेख , सुशन भारि, अनिल शाह , अविनाश बोहरा , सन्दिप लामिछाने , ललित राजबंशी , नन्दन यादब , रोहित पौडेल, भिम शार्की , कुशल भुर्तेल, दिपेन्द्र ऐरि , सोमपाल कामि, सागर ढकाल र शाहब आलम

Rit Gautam

टि-२० विश्वकपमा नेपाल छनौट हुन असफल रहेकोले आगामी प्रतियोगितामा नयाँ अनुहारले मौका पाउने सम्भावना रहेको छ। खास गरि घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरे पनि रास्ट्रिय टिममा मौका पाउन असफल रहेका अमित श्रेष्ठ, सुनिल धमला जस्ता खेलाडीले यो पटक अवसर पाउन सक्नेछन्।

महत्वपूर्ण प्रतियोगिता नहुनाले नेपाली टिमले प्रयोग गर्न अवसर पनि रहेको छ। प्रशिक्षक पटवालले युएईसंगको जनवरी/फेव्रुवरि सिरिजमा सन्दिप जोरा, भिम शार्की , पवन सर्राफ जस्ता खेलाडीलाई मौका दिएका थिए।

पछिल्लो समय राष्ट्रिय टिममा स्थान बनाउन असफल रहेका तिब्र गति बलर ललित सिंह भण्डारी, जितेन्द्र मुखिया, बिक्रम सोब जस्ता तिब्र गति बलर तथा यु-१९ स्तरबाट आएका नन्दन यादब, कीशो महतो जस्ता तिब्र गति बलरलाई पनि टिममा स्थान बनाउने मौका रहेको छ।

Kushal Malla

यु-१९ रास्ट्रिय टिममा लगातार राम्रो प्रदर्शन गरिरहेका देब्रे हाते स्पिनर सागर ढकालले अनुभवी ललित राजबंशी, सुशन भारि, शाहब आलम जस्ता देब्रे हाते स्पिनरलाई चुनौती दिन सक्लान् या नसक्लान् हेर्न रोचक हुनेछ।

घरेलु क्रिकेटमा तथा यु-१९ रास्ट्रिय क्रिकेट टिममा लगातार प्रभावित बनाईरहेका आक्रामक ब्याट्सम्यान तथा देब्रे हाते स्पिनर कुशल मल्लले पनि टि-२० टिममा दाबेदारी प्रस्तुत गर्ने सम्भावना रहेको छ। उनलाई भविष्यको सिनियर टिमको खेलाडीको रुपमा हेर्न थालीसकीएको छ।

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]