इमर्जिङ एसिया कप : १६ सदस्यीय नेपाली टिमको घोषणा

नेपाल क्रिकेट सङ्घ क्यानले श्रीलङ्कामा हुने एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेटका लागि १६ सदस्यीय टिमको घोषणा गरेको छ ।

टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका छन् ।

यस्तै रोहितकुमार पौडेल कप्तान रहेको टिममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो यथावत् छन् ।

करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ल बाहिरिएका छन् । सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० खेल्न क्यानडा जाने भएकाले टिममा नपरेका हुन् ।

इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलङ्कामा हुँदैछ ।

इमर्जिङ टिम्स एसिया कप पाँच टेस्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, युएई र ओमानले खेल्नेछन् । नेपाल प्रिमियर कपको विजेता बनेको थियो ।

इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र युएई छन् ।

श्रीलङ्का ए, बङ्गलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् । नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ ।

नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]