एसीसी प्रिमियर कपका लागि नेपालको टोली घोषणा

काठमाडौँ । काठमाडौँमा ५ वैशाखदेखि सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ ।

नेपालको लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो । पछिल्लो पटक घरेलु मैदानमा भएको आइसिसी क्रिकेट विश्वकप लिग टू खेल्ने टोलीमा कुनै परिवर्तन गरिएको छैन ।

टोलीमा पौडेल, कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन झा, आरिफ शेख, प्रतिश जिसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की र ललित राजवंशी छन् ।

यस पटक अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र सन्दीप जोरा वैकल्पिक खेलाडीमा रहेका छन् । पछिल्लो पटक वैकल्पिक स्थान बनाएका श्याम (मौसम) ढकालको स्थानमा किशोर महतो आएका छन् ।

देव खनाल, कमल सिंह ऐरी र श्याम ढकाल प्रारम्भिक टोलीमा रहे पनि अन्तिम टोलीमा पर्न सकेनन् ।

एसीसी प्रिमियर कपमा एसियाका टेस्ट खेल्ने बाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल र ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।





थप समाचार

बंगलादेश र पाकिस्तानको विजयी सुरुवात

काठमाडौं । युएईमा सुरु नवौं संस्करणको महिला टि ट्वान्टी विश्वकपमा बंगलादेश र पाकिस्तानले विजयी सुरुवात गरेका छन् । शारजाहमा भएका […]

ओमान विरुद्ध नेपालको ५६ रनको जित

क्यानडामा जारी त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको […]

आईसीसी टि-२० अन्तर्राष्ट्रिय वरियतामा दिपेन्द्र विश्वकै दोश्रो स्थानमा

आईसीसी टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका अल-राउण्डर दिपेन्द्र सिंह ऐरीले ऐतिहासिक सफलता हात पारेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद […]

नीजि क्षेत्रलाई क्रिकेटमा जोड्नु सुखद् सन्देशः कर्णाली याक्स निर्देशक गृहेन्द्र घिमिरे

काठमाडौं । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश […]

नेपालमाथि क्यानडाको जित

क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपालमाथि घरेलु टोलीले जित हासिल गरेको छ । क्यानडाको किंग सिटीमा बुधवार बिहान सम्पन्न […]

नेपाल पहिले ब्याटिङ गर्दै

क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोली विरुद्ध नेपालले टस हारेको छ । क्यानडाका कप्तान निकोलस किर्तनले टस जितेर […]