ज्ञानेन्द्र र बिनोद बाहिर राख्दै नेपाली टिमको घोषणा, देव, दिलिप, आदील र अनिल टिममा

घरेलु मैदानमा मार्च २५ तारिख देखि पपुवा न्यु गिनी बिरुद्ध दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज तथा त्यसपछि २८ मार्च देखि पपुवा न्यु गिनी र मलेसिया संग खेलिने त्रिकोणात्मक टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले छुट्टाछुट्टै टिमको घोषणा गरेको छ।

क्यानद्वारा एकदिवसीय र टि-२० फर्म्याटको लागि घोषित टिममा ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीलाई स्थान दिईएको छैन। दुवै खेलाडीले युएई भ्रमणमा खराब प्रदर्शन गरेका थिए। घोषित एकदिवसीय टिममा फास्ट बलिंग अलराउण्डर करन केसीलाई पनि समाबेश गरिएको छैन। करन टि-२० टिममा भने छन्।

पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृस्ट प्रदर्शन गरिरहेका तथा यु-१९ राष्ट्रिय टिमका कप्तान देव खनाललाई पहिलो पटक एकदिवसीय टिममा मौका दिईएको छ। टिममा विकेटकिपर ब्याट्सम्यान अनिल शाहले समेत पुनरागमन गरेका छन्। विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई एकदिवसीय टिममा बाहिर राखिएको छ भने टि-२० टिममा स्थान बनाएका छन्।

Dev Khanal

एभरेस्ट प्रिमियर लिग तथा प्रधानमन्त्री कप टि-२० प्रतियोगितामा लयमा देखिएका देब्रे हाते विकेटकिपर ब्याट्सम्यान दिलिप नाथलाई टि-२० टिममा स्थान दिईएको छ। २०१८ पछि दिलिपले नेपाली राष्ट्रिय टिमको लागि खेलेका छैनन् भने टि-२० र एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छैनन्।

प्रधानमन्त्री कप टि-२० मा मधेश प्रदेशको प्रतिनिधित्व गर्दै विस्फोटक ब्याटिंगले मन जित्न सफल आदील अन्सारीले पनि टि-२० टिममा मौका पाएका छन्। यु-१९ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका दायाँ हाते ब्याट्सम्यान आदील पहिलो पटक सिनियर राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका हुन्।

घोषित टि-२० टिममा आक्रामक ब्याट्सम्यान लोकेश बम, विवेक यादव, भिम शार्की र कुशल मल्ललाई पनि पनि छोटो फर्म्याटमा निरन्तरता दिईएको छ। विवेक यादव युएई टुरमा भएता पनि अन्तिम एघारमा भने स्थान बनाउन पाएनन्। लोकेश बमले ओमानमा टि-२० विश्वकप छनोट खेलेता पनि प्रभाव छोड्न असफल रहेका थिए।  कुशल पनि पछिल्लो समय लयमा छैनन् जो युएई भ्रमणमा टिममा थिएनन्। भिम युएई भ्रमणमा पनि टिममा थिए जसले अन्तिम खेलमा पपुवा न्यु गिनी बिरुद्ध डेब्यु गरे।

आदील अन्सारी सहित लोकेश बम, देव खनाल र गुल्सन झा दुई साता अघि भारतको बैंगलोरमा विशेष प्रशिक्षणको लागि गएका थिए। प्रशिक्षण सकेर खेलाडीहरु सिरिज खेल्न आइपुग्नेछन्।

एकदिवसीय टिममा फास्ट बलरको रुपमा गुल्सन झाले मौका पाएका छन्। युएई भ्रमणमा उत्कृस्ट पुनरागमन गरेका सोमपाल कामि सहित विक्रम सोब र कमल सिंह ऐरी फास्ट बलरको रुपमा एकदिवसीय टिममा छन्। कमल र सोमपाल टि-२० टिममा पनि छन्। देब्रे हाते स्पिनरको रुपमा सुशन भारि एकदिवसीय टिममा छन् भने सागर ढकाल दुवै फर्म्याटमा छन्। अफ स्पिन अलराउण्डर पवन सर्राफले एकदिवसीय टिममा मात्र स्थान बनाएका छन्।

एकदिवसीय टिम : सन्दिप लामिछाने ( कप्तान ) , आरीफ शेख, कुशल भुर्तेल, सोमपाल कामि, दिपेन्द्र ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, अनिल शाह ( विकेटकिपर ) , बिक्रम सोब, सुशन भारि, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्सन झा र भिम शार्की

टि-२० अन्तर्राष्ट्रिय टिम : सन्दिप लामिछाने ( कप्तान ) , आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामि, दिपेन्द्र ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, आसिफ शेख( विकेटकिपर ) , करन केसी, अविनाश बोहरा, विवेक यादव, दिलिप नाथ( विकेटकिपर ) , लोकेश बम, कुशल मल्ल, आदील अन्सारी

पपुवा न्यु गिनी र मलेसियासंग सिरिजको खेलतालिका 

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]