जिम्बाब्वे एकदिवसीय सिरिजको लागि नेपाली टिमको घोषणा

Sunil Dhamala

शनिवार देखि घरेलु मैदानमा सुरु हुने जिम्बाब्वे ‘ए’ संगको तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ।

सन्दिप लामिछाने कप्तानीको टिममा युवा अलराउण्डर आदील अन्सारी तथा फास्ट बलर किशोर महतोले स्थान बनाएका छन्। यस्तै ब्याट्सम्यान सुनिल धमलाले पनि ५ वर्ष पछि टिममा पुनरागमन गरेका छन्। आदीलले पपुवा न्यु गिनि र मलेसियासंगको घरेलु टि-२० सिरिजमा प्रभावशाली प्रदर्शन गरेका थिए। युवा फास्ट बलर महतो घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन्। गत वर्ष मार्चमा आयोजित काठमाडौँ मेयर कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा चौंथो सर्वाधिक रन कर्ता रहेका धमलालाई यो पटक छनोट कर्ताले विश्वास देखाएका छन्।

पपुवा न्यु गिनी संग गत महिना सम्पन्न घरेलु एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा राम्रो प्रदर्शन गरेका देव खनाललाई टिममा निरन्तरता दिईएको छ। पहिलो खेलमा खाता खोल्न नसकेका खनालले दोश्रो एकदिवसीयमा ७२ रन बनाएका थिए।

यस्तै टिममा विकेट किपर ब्याट्सम्यान बिनोद भण्डारीले पुनरागमन गरेका छन्। अनिल शाह र दिलिप नाथले पपुवा न्यु गिनी, मलेसिया सिरिजमा राम्रो प्रदर्शन नगरेपछि भण्डारी पुनः टिममा फर्केका हुन्। फास्ट बलर बिक्रम सोब, देब्रे हाते स्पिनर सुशन भरि, सागर ढकाल पनि टिममा छन्।

पवन सर्राफ, शाहब आलम, बिबेक यादव, लोकेश बम, भिम शार्कीले भने एकदिवसीय टिममा स्थान पाएका छैनन्। उनीहरु टि-२० टिममा छन्।

घोषित १६ सदस्यीय टिम : सन्दिप लामिछाने ( कप्तान ) , आसिफ शेख, देव खनाल, दिपेन्द्र ऐरी, रोहित पौडेल, आरिफ शेख, बिनोद भण्डारी, करन केसी, सोमपाल कामि, कुशल भुर्तेल, सागर ढकाल, बिक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशन भारि, आदील अन्सारी

नेपालले जिम्बाब्वे ‘ए’ टिमसंग अप्रिल ३०, मे २ र मे ४ तारिखमा तिन वटा एकदिवसीयको सिरिज खेल्नेछ। त्यसपछि मे ६, ७ र ९ तारिखमा तिन वटा टि-२० सिरिज खेलिनेछ।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]