नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं, असार १५– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) र रोयल हेरिटेज अस्ट्रेलियाबीच उक्त अभ्यास खेल खेल्ने सम्झौता भएको हो । सम्झौताअनुसार नेपाली क्रिकेट टोलीले हरेक वर्ष १० दिनको अस्ट्रेलियामा क्रिकेट खेल्नेछ । नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय क्यालेन्डरमा प्रभावित नहुने गरी खेल आयोजना हुने दुई पक्ष सम्झौता उल्लेख गरिएको छ ।

क्यानका जनरल म्यानेजर विक्रान्त खनाल र रोयल हेरिटेजका तर्फबाट स्वतन्त्रप्रताप शाहले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । रोयल हेरिटेजले अस्ट्रेलियाको स्टेट टिमसम्मको खेल खेलाउने प्रयास गरेको छ ।

क्यानका जनरल म्यानेजर वृतान्त खनालले नेपाली टोलीको अस्ट्रेलिया भ्रमणको तयारी भईरहेको र नेपाली टोलीले स्थानीय क्लबसँग प्रतिस्पर्धा गर्ने जानकारी गराए । ‘रोयल र क्यानबीचको सहमतिअनुसार नेपालले भ्रमणको अन्तिम तयारी गरि गरिरहेका छौं,’ खनालले भने,‘सेप्टेम्बरमा नेपालमा क्रिकेट खेलाउने अवस्था हुँदैन । त्यसका कारण हामीले त्यहाँको भ्रमण गर्ने व्यवस्था मिलाएका हौं ।’ नेपाली टोली हाल आइसिसी विश्वकप लिग–२ को तयारीका लागि क्यानडा भ्रमणमा छ । नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज र एक स्थानीय क्लबसँग अभ्यास खेल खेल्नेछ ।

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ । नेपालले जुलाई १ मा ओन्टारियोसँग अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ ।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]