नेपाली क्रिकेट टिमको क्यानडा भ्रमण तयारी

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले जुन दोश्रो साता अमेरिका र ओमानसंग अमेरिकामा त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। उक्त सिरिज अघि नेपाली क्रिकेट टिमले क्यानडा राष्ट्रिय क्रिकेट टिमसंग टि-ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने तयारी भैरहेको छ।

मे तेश्रो साता नेपाली क्रिकेट टिम क्यानडा पुगेर दुई वटा टि-ट्वान्टी र तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने सम्भावना छ। भ्रमणको छिट्टै टुंगो लाग्ने क्यानका सचिव प्रशान्त विक्रम मल्लले जानकारी गराएका छन्। मल्लले विकेटनेपालसंग कुरा गर्दै क्यानडा भ्रमणको अन्तरिक तयारी भैरहेको र सबै प्रक्रिया पुरा भए पछि अधिकारिक घोषणा गर्ने बताए।

प्राप्त जानकारी अनुसार नेपाली क्रिकेट टिमलाई क्यानडा लैजान क्यानडा क्रिकेट र नेप्लिज क्यानेडीयन क्रिकेट क्लबले पहल गरिरहेको छ। आइतबार क्यानका क्रिकेट म्यानेजर विनोद दास र नेप्लिज क्यानेडीयन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठ बीच भेटवार्ता भएको थियो।

नेपाली टिम १० दिन क्यानडा बसेर एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि अमेरिका प्रस्थान गर्ने योजना छ। अमेरिका भ्रमण पछि नेपालले जुलाई १० देखि १७ तारिखसम्म स्कटल्याण्डमा नामिबिया र स्कटल्याण्डसंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका छ।

यो पनि पढ्नुस : 

यस्तो छ नेपालको टि-ट्वान्टी विश्वकप २०२४ छनोट हुने बाटो

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy