नेपाली क्रिकेट टिमको क्यानडा भ्रमण तयारी

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले जुन दोश्रो साता अमेरिका र ओमानसंग अमेरिकामा त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। उक्त सिरिज अघि नेपाली क्रिकेट टिमले क्यानडा राष्ट्रिय क्रिकेट टिमसंग टि-ट्वान्टी र एकदिवसीय सिरिज खेल्ने तयारी भैरहेको छ।

मे तेश्रो साता नेपाली क्रिकेट टिम क्यानडा पुगेर दुई वटा टि-ट्वान्टी र तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने सम्भावना छ। भ्रमणको छिट्टै टुंगो लाग्ने क्यानका सचिव प्रशान्त विक्रम मल्लले जानकारी गराएका छन्। मल्लले विकेटनेपालसंग कुरा गर्दै क्यानडा भ्रमणको अन्तरिक तयारी भैरहेको र सबै प्रक्रिया पुरा भए पछि अधिकारिक घोषणा गर्ने बताए।

प्राप्त जानकारी अनुसार नेपाली क्रिकेट टिमलाई क्यानडा लैजान क्यानडा क्रिकेट र नेप्लिज क्यानेडीयन क्रिकेट क्लबले पहल गरिरहेको छ। आइतबार क्यानका क्रिकेट म्यानेजर विनोद दास र नेप्लिज क्यानेडीयन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठ बीच भेटवार्ता भएको थियो।

नेपाली टिम १० दिन क्यानडा बसेर एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि अमेरिका प्रस्थान गर्ने योजना छ। अमेरिका भ्रमण पछि नेपालले जुलाई १० देखि १७ तारिखसम्म स्कटल्याण्डमा नामिबिया र स्कटल्याण्डसंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका छ।

यो पनि पढ्नुस : 

यस्तो छ नेपालको टि-ट्वान्टी विश्वकप २०२४ छनोट हुने बाटो





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]