इशान र कुशल पहिलो पटक राष्ट्रिय टिममा, शरद र बसन्त बाहिर

नेपालले सेप्टेम्बर २७ देखि सिंगापुरमा खेल्ने टि-२० सिरिज र त्यसपछि अक्टोबर ५ देखि ओमानमा सुरु हुने ५ देश सम्मिलित टि-२० सिरिजको लागि टिमको घोषणा गरेको छ।

सिंगापुरमा नेपालले जिम्बाबे र आयोजक सिंगापुर संग खेल्नेछ भने ओमानमा आयोजक ओमान सहित, हंगकंग, आयरल्याण्ड, नेदरल्याण्ड र नेपाल गरि ५ टिम खेल्नेछन्। नेपाली टिम २५ सेप्टेम्बरमा सिंगापुर प्रस्थान गर्ने तालिका रहेको छ। सिंगापुर सिरिज पछि टिम त्यतैबाट ओमान प्रस्थान गर्नेछ।

नेपाली टिमको घोषणा प्रशिक्षक उमेश पटवालले पत्रकार सम्मेलनमार्फत गर्नु भएको हो। यस अघि पनि टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) अघि यसरीनै टिमको घोषणा गरिएको थियो। प्रशिक्षक पटवाल मातृ शोक परेका कारण भदौ २५ गते भारत प्रस्थान गरेका थिए जसपछि बुधबार नेपाल फर्किएका हुन्। २ साता अघि ३५ सदस्यीय प्रारम्भिक टोलिको घोषणा गरेर बन्द सत्र राखेपछि टिमको घोषणा गरिएको हो। सोहि बन्दसत्र र गत प्रतियोगिताको आधारमा टिमको घोषणा गरिएको हो।

Sharad Vesawkar

टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) मा रहेका १४ सदस्यीय टिममा रहेका, शरद भेसावकर, बसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल टिम बाहिर रहेका छन्। मल्लले व्यक्तिगत कारणले टिमबाट नाम फिर्ता लिएका हुन्।

यु-१९ राष्ट्रिय क्रिकेटर कुशल मल्ल, इशान पाण्डेले टिममा पहिलो पटक मौका पाएका छन्। इशान २०१६ अन्डर-१९ विश्वकपमा टिममा रहेता पनि अन्तिम-११ मा भने मौका पाउन असफल रहेका थिए। त्यसपश्चात पाण्डे घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्। यसै वर्ष प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा पारस खड्का कप्तानीको प्रदेश-३ को लागि खेल्ने क्रममा उनले राम्रो प्रदर्शन गरेका थिए।

उक्त प्रतियोगितामा उनले त्रिभुवन आर्मी क्लब बिरुद्ध ७९, सुदुर पश्चिम बिरुद्ध ५३ रन बनाएका थिए भने गण्डकी प्रदेशसंग अविजित २६ तथा प्रदेश-५ बिरुद्ध अविजित २१ रन बनाएका थिए। उनको प्रदर्शन पनि प्रदेश-३ सेमीफाइनलसम्म पुग्नुमा कारण थियो।

प्रधानमन्त्री कपमा तेश्रो नम्बरमा ब्याटिंग गरेका देब्रे हाते ब्याट्सम्यान पाण्डेलाई ज्ञानेन्द्र मल्लको अनुपस्थितिमा ओपनिंग ब्याटिंगमा प्रयोग गर्ने प्रशिक्षक पटवालले बताएका छन्।

यस्तै पहिलो पटक सिनियर टिममा मौका पाएका कुशल मल्ल अन्डर-१६ टिम हुँदै अन्डर-१९ राष्ट्रिय टिमबाट नियमित रुपमा खेल्दै आएका छन्। गत सिजन एभरेस्ट प्रिमियर लिगमा शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सबाट खेलेका मल्लले विस्फोटक पारिहरु खेल्दै मन जितेका थिए। त्यसपछि उनले अन्डर-१९ टिममा स्थान बनाएका थिए। मल्ल मध्यक्रममा विस्फोटक ब्याटिंग गर्नको लागि जनिने गर्छन् भने देब्रे हाते स्पिनर समेत हुन्।

Ishan Pandey Century
Ishan Pandey

यस्तै टिममा देब्रे हाते स्पिनर सुशन भारिले कमब्याक गरेका छन्। २०१७ मा बंगलादेशमा सम्पन्न एसीसी इमर्जिंग टिम्स कपमा नेपाली राष्ट्रिय टिमको लागि डेब्यु गरेका भारिले त्यसपछि टिममा मौका पाएका थिएनन्। भारिले प्रधानमन्त्री कपमा कुल १३ विकेट लिएर उत्कृस्ट खेलाडी चुनिएका थिए। यस्तै नेपालगंजमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा समेत भारि प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए।

१५ सदस्यीय नेपाली टोलि – १. पारस खड्का ( कप्तान ) , २. दिपेन्द्र  एरि ( उपकप्तान ) , ३. सोमपाल कामि, ४. करन केसी , ५. बिनोद भण्डारी, ६. ललित राजबंशी, ७. पवन सर्राफ, ८. सन्दिप जोरा, ९. सन्दिप लामिछाने, १०. अविनाश बोहरा, ११. कुशल मल्ल , १२. रोहित पौडेल , १३. आरिफ शेख, १४. सुशन भारि , १५. इशान पाण्डे

प्रशिक्षक पटवालले डिसेम्बरमा हुने दक्षिण एसियाली खेलकुद ( साग ) को मध्यनजर गरेर नयाँ खेलाडीलाई मौका दिईएको बताएका छन्। सागमा २३ वर्षमुनिको टिम सहभागी हुने हुँदा युवा खेलाडीलाई अवसर दिईएको हो।  टिम कप्तान पारस खड्काले भविष्यको लागि टिम तयार गर्न युवा खेलाडीलाई मौका दिईएको बताएका छन्।

Sushan Bhari
Sushan Bhari

सिंगापुर सिरिजमा नेपालको खेल तालिका : असोज १० : नेपाल Vs जिम्बावे , असोज ११ :  नेपाल Vs सिंगापुर
असोज १४ :  गते नेपाल Vs जिम्बावे , असोज १५ :  गते नेपाल Vs सिंगापुर

ओमान सिरिजमा नेपालको खेल तालिका : असोज १९ : नेपाल Vs हङकङ , असोज २० : नेपाल Vs नेदरल्यान्ड्स , असोज २२ : नेपाल Vs आयरल्यान्ड , असोज २३ : नेपाल Vs ओमान

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]