नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार थाइल्याण्ड जाँदै

एसीसी ईस्टर्न रिजन टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको नेपाली राष्ट्रिय टोली बिहीबार थाइल्याण्ड प्रस्थान गर्ने भएको छ ।

प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले पहिलो खेल फागुन १७ गते मलेसियासँग र दोस्रो खेल १८ गते हङकङसँग खेल्नेछ । २१ गते थाइल्याण्डसँग तथा अन्तिम खेलमा २३ गते सिंगापुरसँग भिड्ने जानकारी छ ।

राष्ट्रिय टोलीमा भुवन कार्कीले पुनरागमन गर्दा नियमित सदस्य रोहित कुमार पौडेल बाहिर छन् । भुवन कार्कीले सन् २०१५ यता टोलीमा स्थान बनाउन सकेका थिएनन् । भुवनले पछिल्लो पटक नामिबियामा भएको आईसीसी डिभिजन–२ खेलेका थिए । किशोर महतो पहिलो पटक टिममा परेका हुन् ।

इस्टर्न र वेस्टर्न रिजनबाट छनोट भएका २–२ टोलीले मलेसियामा अगस्टमा हुने एसिया कप टी–२० को छनोटमा भाग लिनेछन् । टी–२० एसिया कप सेप्टेम्बर २०२० मा पाकिस्तानमा हुनेछ । एसिया कपका लागि भारत, पाकिस्तान, अफगानिस्तान, बङ्लादेश र श्रीलंका सिधै छनोट भएका छन् ।

नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा रहेका छन् ।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]