थाईयाण्डमा २९ फेब्रुअरी देखि सुरु हुने एसीसी इस्टर्न टि-२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टिम आज विहिबार प्रस्थान गर्दैछ।
नेपाली टिमलाई बुधबार नेपाल क्रिकेट संघले औपचारिक कार्यक्रम गर्दै विदाई गरेको थियो। टिम आज दिउसो ३ बजे थाईल्याण्ड प्रस्थान गर्नेछ।
नेपालले पहिलो खेल फागुन १७ गते मलेसियासँग र दोस्रो खेल १८ गते हङकङसँग खेल्नेछ । २१ गते थाइल्याण्डसँग तथा अन्तिम खेलमा २३ गते सिंगापुरसँग भिड्ने जानकारी छ । मलेसियासंगको खेल नेपाली समय १२:१५ बजे सुरु हुनेछ भने हंगकंग, थाईल्याण्ड र सिंगापुरसंगको खेल विहान ८:१५ बजे सुरु हुनेछ।
प्रतियोगितामा उत्कृस्ट हुने दुइ टिमले मलेसियामा अगस्टमा आयोजना हुने टि-२० एसिया कप छनौट खेल्न पाउनेछ। युएई र कुवेत पश्चिम क्षेत्रबाट एसिया कप छनौट खेल्न छनौट भैसकेका छन्।
एसिया कप छनौटमा ४ टिम मध्ये उत्कृस्ट १ टिम सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा छनौट हुनेछ। एसियाकपमा भारत, पाकिस्तान, श्रीलंका,बंगलादेश र अफगानिस्तान स्वतः छनौट भैसकेका छन्।
एसीसी इस्टर्न टि-२० खेल्ने नेपाली टिम :
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करन केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, कुशल मल्ल, सुशन भारी, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की, किशोर महतो