त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट सङ्घले त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली घोषणा गरेको छ।

आउँदो कात्तिक १ गतेदेखि काठमाडौँमा त्रिदेशीय टी-२० शृङ्खला आयोजना हुँदै छ। प्रतियोगितामा नेपाल, युएई र हङकङले प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताका लागि रोहित पौडेलको नेतृत्वमा १९ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो। टोलीमा आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अविनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकश बम, सूर्य तामाङ र श्याम ढकाल (मौसम) छन्।

पहिलो खेलमा कात्तिक १ गते नेपाल र युएई प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, दोस्रो खेलमा कात्तिक २ गते नेपाल र हङकङको प्रतिस्पर्धा हुनेछ।

कात्तिक ४ मा नेपाल र हङकङको दोस्रो खेल हुनेछ भने कात्तिक ५ मा हङकङ र युएई भिड्नेछन्। त्यस्तै, कात्तिक ६ मा नेपाल र युएई तथा कात्तिक ८ मा हङकङ र यूएईबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल कात्तिक १० मा त्रिवि क्रिकेट मैदानमा हुनेछ।

त्यस लगत्तै कात्तिक १३ बाट टी-२० विश्वकप छनोट प्रतियोगिता सुरु हुनेछ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट दुई टोली विश्वकपमा छनोट हुनेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy