यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

Nepal U19 National Cricket Team

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली युवा टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार खेलाडीको बिदाइ गरेको हो । एसिया कपलाई एक महिना पछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ विश्वकप तयारीको रूपमा लिइएको छ । नेपालले एक महिनाअघि मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो ।

एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसहित बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले आफ्नो पहिलो खेल मङ्सिर २२ गते पाकिस्तानसँग खेल्दै एसिया कपको सुरुवात गर्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

बिदाइ कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको यू–१९ टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्‍याउन आतुर रहेको बताए । उहाँले सिनियर टोलीले राम्रो गरिरहेको र आफूहरू पनि एक एक खेलमा ध्यान दिएर अगाडि बढ्ने बताए । ‘‘भारत र पाकिस्तानविरुद्ध राम्रो रन बनाउनु वा विकेट लिनु भनेको सबैलाई राम्रो अवसर हुनेछ । हामी राम्रो खेल्दै यात्रा सफल बनाउन चाहन्‍छौँ,’’ खनालले भने ।

यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक जगत् टमटाले राम्रो खेल्दै उत्कृष्ट नतिजा निकाल्ने बताए । ‘‘हामीले दुई साता राम्रो तयारी गरेका छौँ । फरक फरक पिचमा अभ्यास गरेकोले राम्रो क्रिकेट खेल्दै सबै खेलमा जित निकाल्ने प्रयास गर्नेछौँ । उमेर समूहमा पनि नेपाल कमजोर छैन,’’ टमटाले भने ।

नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, क्यानका पदाधिकारी लगायतले बिदाइ गरे । कार्यक्रममा मन्त्री लिम्बुले नेपाली क्रिकेट खेलाडीमा संसारलाई जित्ने क्षमता रहेकोले सिनियर टोलीले जस्तै युवा टोलीले पनि राम्रो नतिजा ल्याउने आशा व्यक्त गरे । उनले युवा क्रिकेट टोलीले पाउनुपर्ने पूर्वघोषित पुरस्कार दुई तीन दिनमा सबैको बैङ्क खातामा पठाउने पनि बताए ।

यस्तै नेपालले गत फागुनमा नेपालमा भएको विश्वकप छनोट खेलमा युएईलाई हराउँदै विश्वकपमा समेत स्थान बनाएको थियो । विश्वकप भने सन् २०२४ जनवरी १३ देखी ४ फेब्रुअरीसम्म हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन्। नेपालले आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छ ।

समूह ‘बी’ मा इङ्गल्यान्ड, आयोजक दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । नेपालले आइसिसी एसिया छनोटमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएर विश्वकपमा स्थान बनाएको थियो ।

नेपाली यू–१९ टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]