नेपालको नामिबिया र स्कटल्याण्डसंग त्रिकोणात्मक घरेलु सिरिजको खेल तालिका सार्वजनिक

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले खेल्ने आगामी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको खेल तालिका नेपाल क्रिकेट संघ ( क्यान ) ले सार्वजनिक गरेको छ।

फेब्रुअरीमा घरेलु भूमिमा नेपालले नामिबिया र स्कटल्याण्ड विरुद्ध सिरिज खेल्नेछ। सिरिज १४ फेब्रुअरी देखि २१ फेब्रुअरीसम्म टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा आयोजना हुनेछ।

नेपालले सिरिजको पहिलो खेल नामिबियासंग फेब्रुअरी १४ तारिखमा खेल्नेछ। दोश्रो खेल स्कटल्याण्डसंग फेब्रुअरी १७ तारिखमा, तेश्रो खेल नामिबियासंग १८ फेब्रुअरीमा तथा चौंथो खेल स्कटल्याण्डसंग फेब्रुअरी २१ तारिखमा खेलिनेछ।

लिग-२ खेल तालिकामा नेपाल १८ अंक सहित छैठौं स्थानमा छ। २४ खेल खेल्दा नेपालले ८ जित, १४ हार बेहोरेको छ भने १ खेल नतिजाविहिन हुँदा १ खेलमा बराबरीमा रोकिएको छ।

लिगमा सहभागी सात टोलीले एक आपसमा कूल ३६ खेलपछि सिरिजको शीर्षतीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]