नेपालको नामिबिया र स्कटल्याण्डसंग त्रिकोणात्मक घरेलु सिरिजको खेल तालिका सार्वजनिक

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले खेल्ने आगामी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको खेल तालिका नेपाल क्रिकेट संघ ( क्यान ) ले सार्वजनिक गरेको छ।

फेब्रुअरीमा घरेलु भूमिमा नेपालले नामिबिया र स्कटल्याण्ड विरुद्ध सिरिज खेल्नेछ। सिरिज १४ फेब्रुअरी देखि २१ फेब्रुअरीसम्म टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा आयोजना हुनेछ।

नेपालले सिरिजको पहिलो खेल नामिबियासंग फेब्रुअरी १४ तारिखमा खेल्नेछ। दोश्रो खेल स्कटल्याण्डसंग फेब्रुअरी १७ तारिखमा, तेश्रो खेल नामिबियासंग १८ फेब्रुअरीमा तथा चौंथो खेल स्कटल्याण्डसंग फेब्रुअरी २१ तारिखमा खेलिनेछ।

लिग-२ खेल तालिकामा नेपाल १८ अंक सहित छैठौं स्थानमा छ। २४ खेल खेल्दा नेपालले ८ जित, १४ हार बेहोरेको छ भने १ खेल नतिजाविहिन हुँदा १ खेलमा बराबरीमा रोकिएको छ।

लिगमा सहभागी सात टोलीले एक आपसमा कूल ३६ खेलपछि सिरिजको शीर्षतीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy