नेपाल यु-१९ भारत भ्रमण : जित नजिक पुगेर १ विकेटले हार्यो नेपाल

  • विकेटनेपाल, चैत १६ 

अप्रिल १० देखि २० तारिकसम्म मलेसियामा आयोजना हुने आईसीसी अन्डर-१९ विश्वकप छनौट प्रतियोगिताको तयारी स्वरूप भारत भ्रमणमा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिम आफ्नो छैठौं अभ्यास खेलमा आन्ध्रा यु-१९ संग १ विकेटको झिनो अन्तरले परजित भएको छ।

खेलमा पहिले ब्याटिंग गर्दै नेपाल अन्डर-१९ टिमले दिएको २५२ रनको लक्ष्य आन्ध्रा अन्डर-१९ ले दोश्रो इनिंगको अन्तिम बलमा ९ विकेट गुमाएर भेटाएको हो।

यस अघि सम्पन्न ४ वटा अभ्यास खेल मध्ये नेपालले ४ वटामा जित र एउटामा हार बेहोरेको थियो। पहिलो अभ्यास खेलमा नेपाल ६२ रनले विजयी हुँदा दोश्रो खेलमा ७२ रनले पराजित भएको थियो। तेश्रो खेलमा १ विकेटको रोमान्चक जित हात पर्दा चौथो खेलमा ९ रनको अन्तरले तथा पाँचौ खेलमा ५ विकेटको अन्तरले नेपाली युवा टिमले जित दर्ता गरेको थियो।

जित नजिक पुगेर हार्यो नेपाल 

लक्ष्य पछ्याउने क्रममा २१९ रनमा ९ विकेट गुमाईसकेर हारको नजिक पुगेको आन्ध्रालाई दशौँ विकेटको रुपमा कार्तिक रेड्डी र जोनी बशाले ३३ रनको साझेदारी गर्दै जितसम्म पुर्याएका थिए। १० औं नम्बरमा ब्याटिंग गरेका बशाले अविजित ३२ रन बनाउन ३० बलमा १ चौका र २ छक्का तथा ११ औं नम्बरमा ब्याटिंग गरेका रेड्डीले अविजित १२ रन बनाउन १० बलमा १ छक्का प्रहार गरे।

त्यस अघि आन्ध्रा ओपनर ब्याट्सम्यान नितेश कुमारले अर्धशतक बनाएका थिए। ७४ रन बनाएका उनले १०८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

नेपालको बलिंगमा अफ स्पिनर पवन सर्राफले सर्वाधिक ३ विकेट ( ६-०-३१-३ ) लिए भने प्रतिश जिसीले २ ( ९-२-३७-२) तथा रासिद खान ( ८-१-५०-१ ) , आकाश चन्द ( ६-०-४२-१ ), सुर्य तामांग ( ८-०-२७-१ ) ले १/१ विकेट लिए।

सन्दिप जोरा र रासिद खानको उत्कृस्ट ब्याटिंग 

यस अघि नेपालले पहिले ब्याटिंग गर्ने क्रममा ५० ओभरमा ९ विकेट गुमाएर २५१ रन बनाएको थियो।

नेपालको लागि सन्दिप जोराले सर्वाधिक ६९ रन बनाए। उनले ६७ बलमा ३ छक्का र ४ चौका प्रहार गरे। यस्तै रासिद खानले ४४ ( ४४ बलमा ३ चौका र २ छक्का ) , हरि चौहान र अभिषेक बस्नेतले समान ३५ रन तथा ओपनर रित गौतमले २२ रन योगदान दिए।

Rashid Khan ( File Photo )

पहिलो विकेटको रुपमा पवन सर्राफ खाता नखोली आउट भए पछि दोश्रो विकेटको लागि रित गौतम र अभिषेक बस्नेतले ४९ रनको साझेदारी गरेका थिए। रोहित पौडेल खाता नखोली आउट भए।

एक समय ६२/४ को स्थितिमा पुगेको नेपालको ब्याटिंगलाई सन्दिप जोरा र हरि चौहानले पाँचौ विकेटको लागि ११३ रनको साझेदारी गर्दै उकासेका थिए। हरिले रासिद खानसंग आठौँ विकेटको लागि ४९ रनको साझेदारी गरे।

आन्ध्राका बलर इस्माइलले सर्वाधिक ४ विकेट ( १०-०-६०-४ ) लिए।





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]