भारत अभ्यास भ्रमण : दोश्रो खेलमा नेपाली युवा टिम पराजित

  • विकेटनेपाल, चैत-८

अप्रिल १० देखि २० तारिकसम्म मलेसियामा आयोजना हुने आईसीसी अन्डर-१९ विश्वकप छनौट प्रतियोगिताको तयारी स्वरूप भारत भ्रमणमा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिम दोश्रो अभ्यास खेलमा आन्ध्रा टिमसंग ७२ रनले पराजित भएको छ।

युवा टिमले बुधबार सम्पन्न पहिलो अभ्यास खेलमा आन्ध्रा अन्डर-१९ टिमलाई ६२ रनले पराजित गरेको थियो।

निर्धारित ५० ओभरको खेलमा पहिले ब्याटिंग गरेको आन्ध्राले ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर २८९ रनको योगफल तयार गरेको थियो। उसको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका पी तपस्वीले शतकीय इनिंग खेल्ने क्रममा ११६ रन बनाएका थिए जुन क्रममा मात्र ८३ बलमा ८ छक्का र ६ चौका प्रहार गरे। यस्तै ओपनर हर्षभर्दन र नेक अपरान्जीले २४ रन योगदान दिए।

नेपालको बलिंगमा देब्रे हाते स्पिनर सुर्य तामांगले सर्वाधिक ३ विकेट लिए पनि १० ओभरमा ८० रन खर्चन पुगे। यस्तै कुशल मल्ल ( ७-०-३-१ ) , प्रतिष जिसी ( ७-०-३३-१ ) र शेर मल्ल ( ६-०-३९-१ ) ले १/१ विकेट लिए। राशिद खान र आकाश चन्द विकेट विहिन रहे।

नेपालको ब्याटिंग

अघिल्लो अभ्यास खेलमा अर्धशतक बनाएका कप्तान रोहित पौडेल र सन्दिप जोरालाई आराम दिईको नेपालले दुई जना बिना राम्रो ब्याटिंग गर्न सकेन। कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय योगदान दिन नसक्दा ठुलो लक्ष्य पछ्याउने क्रममा नेपाली टिम ४५.२ ओभरमा २१७ रनमै समेटिन पुग्यो।

ओपनर रित गौतम र पवन सर्राफले पहिलो विकेटको लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। रित २१ तथा पवन ३५ रन बनाएर आउट हुन पुगेपछि भने नेपालले निरन्तर अन्तरालमा विकेट गुमाउन पुग्यो।

Pawan Sarraf
Pawan Sarraf

तेश्रो नम्बरमा ब्याटिंग गरेका अभिषेक बस्नेत २३, चौथो नम्बरमा आएका आसिफ शेख २५ रन बनाएर आउट भए। त्यसपछि आएका भिम शार्की र हरिबहादुर चौहान समान ५ रन बनाएर आउट भए।

६५/१ बाट १३२/६ को नाजुक अवस्थामा पुगेको नेपालको ब्याटिंगलाई सातौँ विकेटको लागि कुशल मल्ल र राशिद खानले ३८ रनको साझेदारी गर्दै अघि बढाए। ३० बलमा २/२ वटा चौका र छक्का प्रहार गरेका कुशल ३० रन बनाएर आउट भए पछि नेपालले बाँकी विकेट गुमाउन धेरै बेर लगाएन।

राशिद खान ३५ रन ( २६ बलमा २/२ चौका र छक्का ) बनाएर अविजित रहे पनि नेपाल लक्ष्य भन्दा निकै पछि २१७ रनमै समेटिन पुग्यो र ७२ रनको हार बेहोर्न बाध्य रह्यो।

Kushal Malla

आन्द्राका बलर हेमन्थ रेड्डीले सर्वाधिक ४ ( ७-०-३४-४ ) तथा टि विजयले २ विकेट लिए। स्कोरकार्ड हेर्नुस

भारत भ्रमण अन्तर्गत नेपालले ४ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। यद्धपि आगामी अभ्यास खेल कहिले भन्ने बारे भने जानकारी गराईएको छैन।

 





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]