नेपाल यु-१९ भारत भ्रमण : आसिफ, रोहित र भिमको इनिंगमा नेपालले जित

  • विकेटनेपाल चैत-१४ , बिहिबार 

अप्रिल १० देखि २० तारिकसम्म मलेसियामा आयोजना हुने आईसीसी अन्डर-१९ विश्वकप छनौट प्रतियोगिताको तयारी स्वरूप भारत भ्रमणमा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले पाँचौ अभ्यास खेलमा आन्ध्रा अन्डर-१९ टिमलाई पराजित गरेको छ।

खेलमा पहिले ब्याटिंग गरेको आन्ध्राले दिएको २२१ रनको लक्ष्य नेपाली युवा टिमले ४८.२ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो।

यस अघि सम्पन्न ४ वटा अभ्यास खेल मध्ये नेपालले ३ वटामा जित र एउटामा हार बेहोरेको थियो। पहिलो अभ्यास खेलमा नेपाल ६२ रनले विजयी हुँदा दोश्रो खेलमा ७२ रनले पराजित भएको थियो। तेश्रो खेलमा १ विकेटको रोमान्चक जित हात पर्दा चौथो खेलमा ९ रनको अन्तरले नेपाली टिमले जित दर्ता गरेको थियो। भ्रमण अन्तर्गत नेपालले अझै एउटा अभ्यास खेल खेल्ने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ।

Aasif Sheikh
Aasif Sheikh ( File Photo )

आसिफको फर्कियो लय

नेपालको जितमा लामो समय देखि फर्म भन्दा बाहिर रहेका आसिफ शेखले सर्वाधिक ६५ रन योगदान दिए। उनले ९७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। जारि भ्रमणमा आसिफ क्रमशः ९, १२ र ५ रन बनाएर आउट भएका थिए।

लक्ष्य पछ्याउने क्रममा ओपनर पवन सर्राफ ३ रन तथा अभिषेक बस्नेत ७ रन बनाएर आउट भएपछि आसिफले तेश्रो विकेटको लागि रभी शाहसंग ८३ रनको साझेदारी गरेका थिए। रभी ३७ रन ( ७४ बलमा ३ चौका ) बनाएर आउट भए।

रभीको विकेटपछि आसिफ र कप्तान रोहित बीच ४३ रनको साझेदारी भयो। आसिफ चौथो विकेटको रुपमा आउट हुँदा नेपालको योगफल ३७.५ ओभरमा १३८/४ पुगेको थियो।

त्यसपछि पाँचौ विकेटको रुपमा रोहितले भिम शार्कीसंग ६७ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याएका थिए। रोहित ४५ रन बनाएर आउट भए जसको लागि उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

भिम शार्कीले अविजित ४५ ( ३३ बलअ ३ चौका र २ छक्का ) तथा कुशल मल्लले अविजित ६ रन बनाउदै नेपाललाई जितसम्म पुर्याए।

आन्ध्राको ब्याटिंग 

आन्ध्राले पहिले ब्याटिंग गर्ने क्रममा ५० ओभरमा ९ विकेट गुमाएर २२० रनको योगफल तयार गरेको थियो।

आन्ध्राको ब्याटिंगमा तेश्रो नम्बरका ब्याट्सम्यान रभी किरनले सर्वाधिक ४५ रन बनाएका थिए जुन क्रममा ८७ बलमा ४ चौका प्रहार गरे। यस्तै चौथो नम्बरका पी सुब्रमन्यमले ३८ र धरनी कुमारले ३७ रन योगदान दिए। तेश्रो विकेटको लागि सुब्रमन्यम र रभीले ७७ रनको साझेदारी गरेका थिए।

Pawan Sarraf
Pawan Sarraf ( File Photo )

नेपालको बलिंगतर्फ दायाँ हाते अफ स्पिनर पवन सर्राफ र देब्रे हाते स्पिनर सुर्य तामांगले २/२ विकेट लिए। कसिलो बलिंग गर्ने क्रममा सर्राफले १० ओभरमा मात्र २७ रन खर्चिएका थिए भने तामांगले ९ ओभरमा ३९ रन खर्चिए। कमल सिंह ऐरी ( ९-०-४५-१ ) , प्रतिस जिसी ( ७-१-३४-१ ) र भिम शार्की ( ५-०-२२-१ ) ले १/१ विकेट लिए। आकास चन्द ( ४-०-२१-० ) र सागर ढकाल ( ६-०-१८-० ) विकेट विहिन रहे।

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]