नेपाली स्पिनर हावी हुँदा, मलेसीया ९२ रनमै सिमित

२०७६ बैशाख २, सोमबार ०९:५०

  • विकेटनेपाल, बैशाख-२ 

आईसीसी अन्डर-१९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले आयोजक मलेसियासंग प्रतिस्पर्धा गरिरहेको छ।

जारि खेलमा पहिले ब्याटिंग गर्ने क्रममा मलेसियाले ३३.५ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनाए पछि नेपालले ९३ रनको लक्ष्य पाएको छ।

विश्वकप छनौट हुने सम्भावना कायम राख्न नेपालले कम्तिमा प्रतियोगिताको बाँकी खेल जित्नै पर्छ भने युएई र कुवेतले कम्तिमा १/१ खेल हार्नु पर्नेछ। प्रतियोगिता अन्तर्गत नेपालले यस अघिको खेलहरुमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो भने युएईसंग १ रनले ( डी/एल मेथड ) पराजित भएको थियो।

युएई र कुवेत हालसम्म अपराजित रहेका छन्। अहिले जारि अर्को खेलमा युएई र कुवेत प्रतिस्पर्धा गरिरहेका छन्।  कुवेतले पहिले ब्याटिंग गर्दै ५६ रन बनाएपछि युएई सहज जिततर्फ अग्रसर रहेको छ। युएईले कुवेतलाई पराजित गरे नेपालको सम्भावना अझ कमजोर हुनेछ। युएईले कुवेत पछि कमजोर मानिएको ओमान र सिंगापुरसंग खेल्न बाँकी रहेको छ। नेपालले सबै खेल जित्दै युएईले ओमान र सिंगापुरसंग हारको कामना गर्नुपर्नेछ।

नेपाली स्पिनर हावी हुँदा मलेसिया कमजोर 

बायुमास ओभलमा टस जितेको नेपालले पहिले फिल्डिंग रोजेको थियो।

पहिले ब्याटिंग गर्ने क्रममा मलेसियाले पहिलो ओभर देखि विकेट गुमाउन पुग्यो। १२ रनमा २ विकेट गुमाएपछि लेज्जत ड्यानीयलले एक किनार सम्हाले पनि मलेसियाको विकेट जाने क्रम रोकिएन।

Kushal Malla
Kushal Malla

लेज्जत पनि २१ औं ओभरमा ३७ रन बनाएर कुशल मल्लको बलमा क्याच आउट हुँदा मलेसिया संकटमा पर्यो। पवन सर्राफ, कुशल मल्ल र सागर ढकालको स्पिनमा मलेसियाले खुलेर ब्याटिंग गर्न सकेन।

फलस्वरूप मलेसियाले ३३.५ ओभरमा ९२ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुगेको हो।

नेपालको बलिङ्गमा पवन सर्राफ ( ८.५-१-१३-३ ) र कुशल मल्ल ( ८-२-२०-३ ) ले ३/३ विकेट लिए भने कमल ऐरिए २ ( ५-१-२२-२ ) र सागर ढकालले १ विकेट ( ८-१-१९-१ ) लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy