नेपाली स्पिनर हावी हुँदा, मलेसीया ९२ रनमै सिमित

  • विकेटनेपाल, बैशाख-२ 

आईसीसी अन्डर-१९ विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले आयोजक मलेसियासंग प्रतिस्पर्धा गरिरहेको छ।

जारि खेलमा पहिले ब्याटिंग गर्ने क्रममा मलेसियाले ३३.५ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्रै बनाए पछि नेपालले ९३ रनको लक्ष्य पाएको छ।

विश्वकप छनौट हुने सम्भावना कायम राख्न नेपालले कम्तिमा प्रतियोगिताको बाँकी खेल जित्नै पर्छ भने युएई र कुवेतले कम्तिमा १/१ खेल हार्नु पर्नेछ। प्रतियोगिता अन्तर्गत नेपालले यस अघिको खेलहरुमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो भने युएईसंग १ रनले ( डी/एल मेथड ) पराजित भएको थियो।

युएई र कुवेत हालसम्म अपराजित रहेका छन्। अहिले जारि अर्को खेलमा युएई र कुवेत प्रतिस्पर्धा गरिरहेका छन्।  कुवेतले पहिले ब्याटिंग गर्दै ५६ रन बनाएपछि युएई सहज जिततर्फ अग्रसर रहेको छ। युएईले कुवेतलाई पराजित गरे नेपालको सम्भावना अझ कमजोर हुनेछ। युएईले कुवेत पछि कमजोर मानिएको ओमान र सिंगापुरसंग खेल्न बाँकी रहेको छ। नेपालले सबै खेल जित्दै युएईले ओमान र सिंगापुरसंग हारको कामना गर्नुपर्नेछ।

नेपाली स्पिनर हावी हुँदा मलेसिया कमजोर 

बायुमास ओभलमा टस जितेको नेपालले पहिले फिल्डिंग रोजेको थियो।

पहिले ब्याटिंग गर्ने क्रममा मलेसियाले पहिलो ओभर देखि विकेट गुमाउन पुग्यो। १२ रनमा २ विकेट गुमाएपछि लेज्जत ड्यानीयलले एक किनार सम्हाले पनि मलेसियाको विकेट जाने क्रम रोकिएन।

Kushal Malla
Kushal Malla

लेज्जत पनि २१ औं ओभरमा ३७ रन बनाएर कुशल मल्लको बलमा क्याच आउट हुँदा मलेसिया संकटमा पर्यो। पवन सर्राफ, कुशल मल्ल र सागर ढकालको स्पिनमा मलेसियाले खुलेर ब्याटिंग गर्न सकेन।

फलस्वरूप मलेसियाले ३३.५ ओभरमा ९२ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुगेको हो।

नेपालको बलिङ्गमा पवन सर्राफ ( ८.५-१-१३-३ ) र कुशल मल्ल ( ८-२-२०-३ ) ले ३/३ विकेट लिए भने कमल ऐरिए २ ( ५-१-२२-२ ) र सागर ढकालले १ विकेट ( ८-१-१९-१ ) लिए।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]