युएई बिरुद्ध नेपालको उत्कृस्ट सुरुवात, सोमपालले लिए दुई ठूलो विकेट

युएईमा जारि विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो दोश्रो खेलमा नेपालले आयोजक युएईसंग प्रतिस्पर्धा गरिरहेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जारि खेलमा टस जितेर ब्याटिंग गरेको युएईले खराब सुरुवात गरेको छ।

७ ओभरको समाप्तिमा युएईले ३० रन बनाउदा २ महत्वपूर्ण विकेट गुमाएको छ।

युएईका पछिल्लो समय लयमा रहेका दुई ब्याट्सम्यान चिराग सुरी ६ तथा भृत्य अरविन्द ३ रन बनाएर आउट भएका हुन्। दुवैलाई सोमपाल कामिले क्याच आउट गरेका हुन्। क्रिजमा ओपनर मुहम्मद वासिम १९ तथा चुन्दागापोयील रिजवान १ रन बनाएर अविजित छन्।

सोमपालले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिएका छन्। अर्का पेसर कमल सिंह ऐरीले ४ ओभरमा २० रन खर्चेका छन्।

लाइभ हेर्न क्लिक गर्नुस  

सिरिजमा आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको थियो भने युएईले पपुवा न्यु गिनीलाई ७ विकेटले पराजित गरेको थियो।

नेपालले अन्तिम एघारमा एउटा मात्र परिवर्तन गरेको छ। विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीको स्थानमा फास्ट बलर कमल सिंह ऐरीले अन्तिम एघारमा स्थान पाएका छन्। बिनोद पछिल्लो समय लयमा छैनन्। ऐरीसंगी टिममा सोमपाल कामि, करन केसी र आरिफ शेख गरि चार जना मिडियम पेसर छन्। खराब लयमा रहेका ज्ञानेन्द्र मल्ललाई भए निरन्तरता दिईएको छ।

नेपालको अन्तिम एघार : कुशल भुर्तेल, आसिफ शेख ( विकेटकिपर ) , ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, रोहित पौडेल, आरिफ शेख, कमल सिंह ऐरी, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने ( कप्तान ) , सागर ढकाल

युएईको अन्तिम एघार : चिराग सुरी, मुहम्मद वासिम, भृत्य अरविन्द ( विकेटकिपर ) , आसिफ खान, चुन्दनगापोयील रिजवान, बसिल हमिद, काशिफ दाउद, रोहन मुस्तफा, एहमद राजा ( कप्तान ) , जहुर खान, जुनैद सिद्दिकी

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]