नेपालको अनुशाशित बलिंग, युएईको मध्यम योगफल

युएईमा नेपाल, युएई र पपुवा न्यु गिनी बीच जारी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले आयोजक युएईसंग प्रतिस्पर्धा गर्दैछ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट क्षेतीमा २०२ रन बनाउदै नेपाललाई २०३ रनको लक्ष्य दिएको छ।

हेर्नुस स्कोरकार्ड

युएईको लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन योगदान दिए जुन क्रममा उनले ७३ बलमा २ चौका र १ छक्का प्रहार गरे। मुहम्मद वासिमले ३३, चिराग सुरीले २४, आलिशान शरफुले २१ तथा बसिल हमिदले १७ रन योगदान दिए।

ओपनर वासिम र सुरीले ५७ रनको साझेदारी गरेका थिए। १६ औं ओभरमा कप्तान सन्दिप लामिछानेले नेपालको विकेटको खाता खोले। त्यसपछि लगातार विकेट गुमाएता पनि रोहन मुस्तफाले एक किनार सम्हाल्दै ब्याटिंग गरेका थिए। मुस्तफालाई ४६ औं ओभरमा सोमपाल कमिले बोल्ड गरे।

नेपालको बलिंगमा कप्तान सन्दिप लामिछानेले ३ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै मात्र ३२ रन खर्चिए। करन केसी ( ९-०-३६-२ ) र सोमपाल कामिले २ विकेट ( १०-०-४४-२ ) लिंदा  दिपेन्द्र ऐरी ( ६-०-२८-१ ) र आरिफ सेखले ( ९-०-३१-१ ) समान १ विकेट लिए।

नेपालले आज अन्तिम एघारमा विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी, दायाँ हाते पेसर बिक्रम सोब र अफस्पिन अलराउण्डर पवन सर्राफलाई मौका दिएको छ। विकेटकिपर ब्याट्सम्यान आसिफ शेख, देब्रे हाते स्पिनर सागर ढकाल र पेसर कमल सिंह ऐरीलाई बाहिर राखीएको छ।

नेपालको अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, आरिफ शेख, करन केसी, बिनोद भण्डारी ( विकेटकिपर ) , रोहित पौडेल, सोमपाल कामि, बिक्रम सोब र पवन सर्राफ

जारि सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा युएईसंग ४८ रनले पराजित भएको थियो। युएईले पपुवा न्यु गिनीलाई ७ विकेटले पराजित गरेको थियो भने अर्को खेलमा पपुवा न्यु गिनीसंग ६ विकेटको हार बेहोरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy