ओमानसंग हार पछि टि-२० विश्वकप छनोटको लागि नेपालले युएईसंग भोलि मुलपानीमा खेल्ने

टि-२० विश्वकप छनोट एसिया फाइनलको समुह चरणको अन्तिम खेलमा नेपाल ओमानसंग ५ रनले पराजित भएको छ।

हार पछि ओमान समुह ‘ए’ को विजेता तथा नेपाल समुह ‘ए’ को उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ।

नेपालले भोलि मुलपानी मैदानमा हुने सेमीफाइनलमा समुह ‘बि’ को विजेता युएईसंग प्रतिस्पर्धा गर्नेछ भने ओमानले टियु मैदान किर्तिपुरमा समुह ‘बि’ को उप-विजेतासंग प्रतिस्पर्धा गर्नेछ। नेपाल र युएई बीचको खेल भोलि ११ बजे सुरु हुनेछ।

प्रतियोगिताको फाइनल पुग्ने दुई टिम २०२४ मा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने टि-ट्वान्टी विश्वकप खेल्न छनोट हुनेछ।

दुई वर्ष अघि सन् २०२१ को टि-२० विश्वकप ग्लोबल छनोटको सेमीफाइनलमा नेपाललाई युएईले पराजित गर्दै विश्वकप छनोट हुनबाट रोक्दै आफु विश्वकप छनोट भएको थियो। यो पटक पुनः नेपालको बाटोमा युएईनै हुने भएको छ।

समूह विजेता बन्ने लक्ष्यसहित बिहीबार मैदान उत्रिएको नेपालले ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन सकेन।

अन्तिम ओभरमा जित्न २६ रन आवस्यक हुँदा विवेक यादवले पहिलो ३ बलमा छक्का प्रहार गरेता पनि त्यसपछिको ३ बलमा ओमानले यादव र करन केसीको विकेट लिंदै जित दर्ता गर्यो। अन्तिम बलमा जित्न ६ रन आवस्यक हुँदा करनलाई क्याच आउट पार्दै बिलाल खानले ओमानलाई जित दिलाए।

लक्ष्य पछ्याउने क्रममा नेपालले ८५ रन बनाउदा ८ विकेट गुमायो। नवौं विकेटको लागि बिबेक यादव र करन केसीले ५४ रनको साझेदारी गरेता पनि जित्न पर्याप्त रहेन। यादवले २४ बलमा ५ छक्का मद्दतले ३९ रन बनाए। करनले ११ बलमा १ चौका र १ छक्का मद्दतले १५ रन बनाए। कुशल भुर्तेलले २६ रन बनाउदा सोमपाल कामि, रोहित पौडेल र सन्दिप जोराले समान १२ रन बनाए।

ओमान बलर बिलाल खानले ३ तथा शकिल अहमद, मेहरान खान र अकिब इल्यासले २/२ विकेट लिए। जिशान मक्सुदले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको ओमानले २० ओभरमा ९ विकेट क्षेतीमा १४५ रन बनाएको थियो। ओमनका लागि जीसम मक्सूदले ३२, नसिम खुशीले २५, प्रतिक अथवालेले २४, सकील अहमदले २२ र आयान खानले १८ रन बनाए।

नेपालका लागि करण केसीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले दुई-दुई तथा गुल्सन झा र अविनाश बोहराले एक-एक विकेट लिए।

समुह ‘बि’ तर्फ मुलपानी मैदानमा आजै विहानै सम्पन्न दोश्रो खेलमा युएईले हंगकंगलाई २२ रनले पराजित गर्यो। युएई सबै तिन खेलमा जित दर्ता गर्न सफल रह्यो।





थप समाचार

नेपाल ए विरुद्धको सिरिज क्यानडालाई

काठमाडौं । क्यानडा-११ ले नेपाल ए विरुद्धको तीन खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ । मुलपानी क्रिकेट मैदानमा भएको […]

सिरिज जित्न नेपालद्वारा क्यानडालाई १८२ रनको लक्ष्य

काठमाडौं । क्यानडा-११ विरुद्ध सिरिज जित्नका लागि नेपालले १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिकेट मैदानमा […]

नेपालले टस हार्यो, जोरा कप्तानमा निरन्तर

काठमाडौं । क्यानडा-११ विरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस हारेको छ । अन्तिम तथा निर्णायक खेलमा नेपालले […]

डिसिएल–२ को मुख्य प्रायोजकमा नेपाल टेलिकम

दाङ । दाङमा हुन लागेको लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो प्रतियोगिता दाङ क्रिकेट लिग (डिसिएल)-२ को मुख्य प्रायोजकमा नेपाल टेलिकम आबद्ध […]

नेपालमाथि नामिबियाको लगातार दोस्रो जित

काठमाडौं । नामिबियाले नेपालमाथि लगातार दोस्रो खेलमा जित निकालेको छ । टियु मैदान कीर्तिपुरमा भएको विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक […]

आशिफको अर्धशतकमा नामिबियालाई १६९ रनको लक्ष्य

काठमाडौं । ओपनर आशिफ शेखको अर्धशतकको सहयोगमा नेपालले नामिबियालाई १ सय ६९ रनको लक्ष्य दिएको छ । टियु मैदान कीर्तिपुरमा […]