बराबरीमा टुंगियो नेपाल र अमेरिकाको खेल, डेब्युमा आदीलको शानदार प्रदर्शन

आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारि नेपाल, अमेरिका र ओमान बीच त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोश्रो खेलमा नेपालले अमेरिकालाई बराबरीमा रोकेको छ।

मुसा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपालले दिएको २७५ रनको लक्ष पछ्याएको अमेरिकाले पुरै ५० ओभर ब्याटिंग गर्दै ६ विकेट क्षतिमा २७४ रन बनायो। स्कोरकार्ड , अंकतालिका 

जितको लागि अन्तिम ओभरमा ६ रन बाँकी हुँदा अमेरिकाले अन्तिम २ बलमा विकेट गुमायो। अन्तिम ओभर बलिंग गर्ने क्रममा मिडियम पेसर आदिल अन्सारीले पहिलो तिन बलमा १/१ रन दिए। चौंथो बलमा उनले नो बल गरे। ३ बलमा जित्न २ रन आवस्यक रह्यो। चौंथो बलमा उनले १ रन दिएपछि अमेरिकाले अन्तिम २ बलमा जित्न १ रन चाहियो। पाँचौ बलमा आदीलले २६ रन बनाएका आरोन जोन्सलाई क्याच आउट पारे। त्यसपछि अन्तिम बलमा राहुल जरिवालालाई करन केसी र दिपेन्द्र सिंह ऐरीले रन आउट पार्दै खेल बराबरी पारे।

लक्ष पछ्याउने क्रममा अमेरिका एक समय सहज अवस्थामा थियो। ४६ औं ओभरमा चौंथो विकेट गुमाउदा उसले २५२ रन बनाएको थियो। अन्तिम ४ ओभरमा जित्न २० रन आवस्यक हुँदा कप्तान सन्दिपले ४७ औं ओभर बलिंग गर्दै मात्र ५ रन खर्चे। ४८ औं ओभरमा आदील अन्सारीले मात्र ३ रन दिए। २ ओभरमा जित्न अब १२ रन आवस्यक हुँदा करन केसीले ४९ औं ओभरमा मात्र ६ रन खर्चेपछि खेल अन्तिम ओभरमा पुगेको थियो।

खेलमा नेपालले फिल्डिंगमा निकै गल्ति गर्यो जुन हारको कारण बन्यो। यस क्रममा शतक बनाएका स्टेभेन टेलर र अर्धशतक बनाएका मोनाक पटेलको पनि क्याच छुटायो।

अमेरिकाको ब्याटिंगमा स्टेभेन टेलरले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाए जुन क्रममा १२३ बलमा ११ चौका र ३ छक्का मद्दतले ११४ रन बनाए। यस्तै कप्तान मोनाक पटेलले ८५, आरोन जोन्सले २६ रन बनाए। दोश्रो विकेटको लागि टेलर र पटेल बीच २ सय रनको साझेदारी भयो।

नेपालको बलिंगमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका आदील आलम अन्सारीले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामि र सन्दिप लामिछानेले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग रोजेको नेपालले ४९.२ ओभरमा २७४ रन बनायो। नेपालको तिन ब्याट्सम्यानले अर्धशतक बनाए। ओपनर आसिफ शेखले ६१, देव खनालले ५४ तथा रोहित पौडेलले ६२ रन बनाए। आदील आलमले ३६, कुशल भुर्तेलले १९ तथा सन्दिप लामिछानेले १० रन बनाए।

नेपालले अझ ठूलो योगफल बनाउन सक्थ्यो जुन अन्तिम ओभरहरुमा लगातार विकेट गुम्दा सम्भव भएन। २४४ रनमा मात्र ३ विकेट गुमाएको अवस्थाबाट नेपालले थप ७ विकेट गुमाउदा योगफलमा थप ३० रन मात्र जोड्न सक्यो।

अमेरिकाको बलिंगमा रस्टि थेरनले सर्वाधिक ४ विकेट लिए भने अलि खान र सौरभ नेत्रभाल्करले २/२ विकेट लिए। निसर्ग पटेल र यासिर मोहम्मदले १/१ विकेट लिए।

खेल बराबरी पछि दुवै टिमले १/१ अंक बाँडफाँड गरेका छन्। लिग-२ अंकतालिकामा नेपाल १४ खेलमा ६ जित, ७ हार र १ खेल बराबरी पछि १३ अंक सहित छैठौं स्थानमा यथावत छ। अमेरिका २० खेलमा १० जित, ११ हार र १ बराबरी पछि २१ अंक सहित चौंथो स्थानमा छ।

सिरिज अन्तर्गत नेपालले आगामी खेल जुन १४ तारिखमा ओमानसंग तथा जुन १५ तारिखमा अमेरिकासंग खेल्ने तालिकाछ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]