ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket Global Cup ) प्रतियोगितामा सहभागी हुन नेपाली भेट्रान्स क्रिकेट टिम आइतबार विहान त्यसतर्फ प्रस्थान गरेको छ।

पाकिस्तान प्रस्थान गरेको १७ सदस्यीय टिमको कप्तानी किरण रानाले गर्नेछन् भने उदय बहादुर थापा उपकप्तान छन्। अन्य सदस्यहरु विकाश सिंह, खिम बहादुर थापा, सुमन उदय, सन्तोष भण्डारी, बाबुजान अन्सारी,सचिन मल्ल, सजल देवकोटा, समिर क्षेत्री, रामनरेश यादव, मुर्तुजा हवारी, रबिन जोशी, सन्जय श्रेष्ठ, बिनित बास्तोला छन्। टिमको व्यवस्थापकमा कर्णवीर थापा क्षेत्री तथा प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गर्न रविन्द्र गुप्ता पनि संगै प्रस्थान गरेका छन्।

प्रतियोगितामा नेपाल सहित आठ देश सहभागी हुँदैछन् जसमा आयोजक पाकिस्तान, अस्ट्रेलिया, वेस्टइन्डिज, क्यानडा, अमेरिका, युएई, हंगकंग छन्।

सिंगल राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगितामा सबै टिमले एकअर्कासंग १/१ खेल खेल्नेछन्। लिग चरणको शिर्ष ४ टोलिले सेमीफाइनल खेल्नेछन्। प्रतियोगितामा कुल ३६ खेल हुनेछन्।

प्रतियोगितामा सहभागी हुने पाकिस्तान क्रिकेट टिममा पाकिस्तानका पूर्व कप्तान मिसबाह उल हक कप्तानको रुपमा रहेका छन् भने अन्य चर्चित पाकिस्तानी पूर्व क्रिकेटरहरु शाहिद अफ्रिदी, अब्दुल रज्जाक, मुहम्मद सामी, अब्दुल कादिर पनि टिममा छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy