नेपाल यु-१९ भारत भ्रमण : कमल र पवनले उत्कृस्ट बलिंग गर्दा आन्द्रा २२७ रनमा समेटियो

  • विकेटनेपाल, चैत-११ 

अप्रिल १० देखि २० तारिकसम्म मलेसियामा आयोजना हुने आईसीसी अन्डर-१९ विश्वकप छनौट प्रतियोगिताको तयारी स्वरूप भारत भ्रमणमा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले तेश्रो अभ्यास खेलमा आन्द्रा अन्डर-१९ स्टेट टिमसंग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको आन्द्रा यु-१९ टिमले ४९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२७ रनको योगफल तयार गर्दै नेपाललाई २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आन्द्रालाई २२७ मा सिमित गर्न तिब्र गति ओपनिंग बलर कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिने क्रममा ९.१ ओभरमा ४७ रन खर्चिएका थिए। अफ स्पिनर पवन सर्राफले ३ महत्वपूर्ण विकेट लिंदा १० ओभरमा मात्र ३८ रन खर्चिए। प्रतिस जिसी ( ६-१-१९-१ ) , रासिद खान ( १०-०-४४-१ ) , सागर ढकाल ( ७-०-४१-१ ) ले समान १/१ विकेट लिए ।

Kamal Singh Airee
Kamal Singh Airee ( File Photo )

आन्द्राको ब्याटिंगमा पाँचौ नम्बरमा ब्याटिंग गरेका बि योगेन्द्रले सर्वाधिक ५९ रन ( ६९ बल ) बनाए भने ओपनर नितेश कुमारले ५१ रन ( ५९ बलमा ६ चौका र १ छक्का ) बनाए। पी सुब्रमन्यमले ४५ तथा राम प्रसादले २६ रन बनाए।

२००/५ को अवस्थामा रहेको बेला कमल सिंह ऐरीले अन्तिममा लगातार विकेट लिंदा २७ रन जोड्दा बाँकी ५ विकेट आन्द्राले गुमाएको थियो।

स्कोरकार्ड

भारत अभ्यास भ्रमण अन्तर्गत नेपाली  युवा टिमले पहिलो खेलमा ६२ रनले आन्द्रा यु-१९ टिम बिरुद्ध जित दर्ता गरेको थियो भने दोश्रो खेलमा आन्द्रा टिमसंग ७२ रनको हार बेहोरेको थियो।

नेपालको अन्तिम ११ – पवन सर्राफ, रित गौतम, आसिफ शेख, रोहित पौडेल ( कप्तान ) , सन्दिप जोरा, भिम शार्की, कुशल मल्ल, कमल ऐरी, रासिद खान, सागर ढकाल, हरि बहादुर चौहान र प्रतिस जिसी

भ्रमण अन्तर्गत नेपालले अझै ३ वटा अभ्यास खेल खेल्ने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ।

 





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]