नेपाल यु-१९ भारत भ्रमण : कमल र पवनले उत्कृस्ट बलिंग गर्दा आन्द्रा २२७ रनमा समेटियो

२०७५ चैत्र ११, सोमबार १३:४८

  • विकेटनेपाल, चैत-११ 

अप्रिल १० देखि २० तारिकसम्म मलेसियामा आयोजना हुने आईसीसी अन्डर-१९ विश्वकप छनौट प्रतियोगिताको तयारी स्वरूप भारत भ्रमणमा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले तेश्रो अभ्यास खेलमा आन्द्रा अन्डर-१९ स्टेट टिमसंग प्रतिस्पर्धा गरिरहेको छ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको आन्द्रा यु-१९ टिमले ४९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२७ रनको योगफल तयार गर्दै नेपाललाई २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आन्द्रालाई २२७ मा सिमित गर्न तिब्र गति ओपनिंग बलर कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिने क्रममा ९.१ ओभरमा ४७ रन खर्चिएका थिए। अफ स्पिनर पवन सर्राफले ३ महत्वपूर्ण विकेट लिंदा १० ओभरमा मात्र ३८ रन खर्चिए। प्रतिस जिसी ( ६-१-१९-१ ) , रासिद खान ( १०-०-४४-१ ) , सागर ढकाल ( ७-०-४१-१ ) ले समान १/१ विकेट लिए ।

Kamal Singh Airee
Kamal Singh Airee ( File Photo )

आन्द्राको ब्याटिंगमा पाँचौ नम्बरमा ब्याटिंग गरेका बि योगेन्द्रले सर्वाधिक ५९ रन ( ६९ बल ) बनाए भने ओपनर नितेश कुमारले ५१ रन ( ५९ बलमा ६ चौका र १ छक्का ) बनाए। पी सुब्रमन्यमले ४५ तथा राम प्रसादले २६ रन बनाए।

२००/५ को अवस्थामा रहेको बेला कमल सिंह ऐरीले अन्तिममा लगातार विकेट लिंदा २७ रन जोड्दा बाँकी ५ विकेट आन्द्राले गुमाएको थियो।

स्कोरकार्ड

भारत अभ्यास भ्रमण अन्तर्गत नेपाली  युवा टिमले पहिलो खेलमा ६२ रनले आन्द्रा यु-१९ टिम बिरुद्ध जित दर्ता गरेको थियो भने दोश्रो खेलमा आन्द्रा टिमसंग ७२ रनको हार बेहोरेको थियो।

नेपालको अन्तिम ११ – पवन सर्राफ, रित गौतम, आसिफ शेख, रोहित पौडेल ( कप्तान ) , सन्दिप जोरा, भिम शार्की, कुशल मल्ल, कमल ऐरी, रासिद खान, सागर ढकाल, हरि बहादुर चौहान र प्रतिस जिसी

भ्रमण अन्तर्गत नेपालले अझै ३ वटा अभ्यास खेल खेल्ने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy