एसीसी महिला टि-२० : नेपालको विजयी सुरुवात

भुटानलाई पराजित गर्दै नेपालले मलेसियामा आज सुरु भएको एसीसी महिला टि-ट्वान्टी च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

युके एम वाईएसडी क्रिकेट ओभल मैदानमा नेपाल ले दिएको ९५ रनको लक्ष पछ्याएको भुटानले १७.५ ओभरमा ४४ रन मात्र बनायो।

भुटानलाई सस्तैमा समेट्न नेपाली अफ स्पिनर संगीता राईले ४ विकेट हात पारिन्। कविता कुँवर र सिता राना मगरले २/२ तथा इदु बर्माले १ विकेट हात पारिन्। छिरिंग जांगमोले १६ रन बनाउनु बाहेक अन्य भुटान ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यस अघि टस जितेर ब्याटिंग रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा ९४ रन बनायो।

नेपालको ब्याटिंगमा काजल श्रेष्ठले सर्वाधिक २६ रन, रुबिना क्षेत्रीले २१ तथा इन्दु बर्माले २० रन योगदान दिए। १२ रनमा ३ विकेटको अवस्थाबाट काजल र इन्दुले चौंथो विकेटको लागि ३२ रनको साझेदारी गरे। काजल र रुबिनाले पाँचौ विकेटको लागि ३२ रन जोडे। अन्तिम ओभरमा नेपालले तिन विकेट गुमायो।

भुटान बलर सोनाम पाल्दोनले ४ विकेट हात पारिन् भने अन्जु गुरुङ र टाशी छेकीको नाममा १/१ विकेट रह्यो।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल १८ तारिख कुवेत, तेस्रो खेल २० तारिख बहराइन, चौथो खेल २१ तारिख हङकङसँग प्रतिस्पर्धा गर्नेछ । एसीसीले सहभागि १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिंगापुर र संयुक्त अरव इमिरेट्स (यूएई) रहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टिम महिला एसिया कप खेल्न छनोट हुनेछन्। सेमिफाइनल जुन २४ र फाइनल खेल २५ तारिख हुनेछ ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]