राम्रो प्रदर्शनका बाबजुद प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसंग पराजित : यु-१९ एसिया कप

सहजै बंगलादेशलाई जित्न नदिएता पनि नेपाली यु-१९ टिम यु-१९ एसिया कप अन्तर्गत लगातार दोश्रो खेलमा पराजित भएको छ।

यस अघि पहिलो खेलमा आयोजक श्रीलंकासंग ५ विकेटले पराजित भएको नेपाल प्रतीयोगीताको समुह चरणबाट बाहिरिने लगभग पक्का भएको छ। आजै जारि अर्को खेलमा श्रीलंकाले युएईलाई पराजित गरेको खण्डमा नेपाल बाहिरिने पक्का हुनेछ। यु-१९ एसिया कपको गत संस्करणमा पनि नेपाल समुह चरणबाट बाहिरिएको थियो।नेपालले अन्तिम खेल मंगलबार युएईसंग खेल्नेछ।

युएईलाई पहिलो खेलमा पराजित गरेको बंगलादेश भने २ जित सहित सेमीफाइनल प्रवेश गरेको छ। समुह ‘बि’ अन्तर्गतनै आजै जारि श्रीलंकाले युएईलाई पराजित गरेको खण्डमा श्रीलंका सेमीफाइनल प्रवेश गर्नेछ। यदी युएईले श्रीलंकालाई पराजित गरेको खण्डमा भने नेपाल, श्रीलंका र युएई ३ वटै टिमको सेमीफाइनल सम्भावना पुनः खुला हुनेछ।

नेपालले पहिले ब्याटिंग गर्दै दिएको २६२ रनको लक्ष्य बंगलादेशले मात्र ४ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा बंगलादेशको सुरुवात राम्रो हुन सकेको थिएन। ओपनर तन्जिद हसनलाई चौथो ओभरमा रसिद खानले एलबिडब्लु तथा पाँचौ ओभरमा अनिल सरकारलाई कमल ऐरीले क्याच आउट गराए।

१९/२ को अवस्थाबाट बंगलादेशको इनिंगलाई महमुदुल हसन र टाउहिड रिदोयले अघि बढाए। तेश्रो विकेटको लागि दुवैले ७९ रनको साझेदारी गरे। ४० रन बनाएका हसनलाई हरि बहादुर चौहानले आफ्नै बलमा आफैद्वारा क्याच आउट गराउदै नेपाललाई खेलमा फर्काए। अर्धशतक पुरा गरे पछि ६० रनमा हृदोयलाई कमल सिंह ऐरीले क्याच आउट गराउदै नेपाललाई खेलमा हावी गराए। उनले ८८ बलमा ३ चौका प्रहार गरे।

१३२/४ को नाजुक अवस्थामा पुगेको बंगलादेश इनिंगलाई त्यसपछि कप्तान अकबर अलि र शमिम होसेनले उत्कृस्ट साझेदारी गर्दै २०० पार गराए।

नेपालले साझेदारी तोड्ने हार प्रयास गरे पनि अलि र होसेनले विकेट दिएनन् र पाँचौ विकेटको लागि अविजित १३० रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। उत्कृस्ट ब्याटिंग गरेका कप्तान अलिले अविजित ९८ रन बनाउन ८२ बलमा १४ चौका प्रहार गरे। यस्तै शिम होसेनले अविजित ४२ रन बनाउन ४५ बलमा ४ चौका प्रहार गरे।

नेपालको बलिंगमा कमल सिंह ऐरीले २ विकेट ( ८-०-५९-२ ) तथा रासिद खान ( ८.२-०-४९-१ ) र हरि बहादुर चौहान ( ४-०-१७-१ ) ले १/१ विकेट लिए।

नेपालको ब्याटिंग , पवन र सन्दिपको उत्कृस्ट पारि 

पी सारा ओभल मैदान कोलोम्बोमा जारि खेलमा नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनाएको थियो।

टस हारेता पनि नेपालीले सुरुवाती विकेट नगुमाई पहिलो विकेटको लागि ४५ रनको साझेदारी गर्यो। रित गौतम १४ औं ओभरमा व्यक्तिगत ३२ रन बनाएर बोल्ड भए। त्यसपछि पवन सर्राफले एक किनार सम्हालीरहे। आसिफ शेख ३ रन बनाएर १७ औं ओभरमा आउट भए।

चौथो नम्बरमा ब्याटिंग गर्न आएका कुशल मल्लले आक्रामक सट खेल्दै ३ छक्का र १ चौका मदतले ३३ बलमा २८ रन बनाएर बीचमा नेपालको रन गति बढाए। पवनसंग तेश्रो विकेटको लागि ३९ रनको साझेदारी गरे पछि कुशल २७ औं ओभरमा आउट भए।

Pawan Sarraf

कप्तान रोहित पौडेल र पवनले चौथो विकेटको लागि अर्धशतकीय साझेदारी गर्दै नेपालको योगफल १५० पार गराए। १४ रन बनाएर रोहित आउट भए। ४१ औं ओभरमा पवन सर्राफ पनि मृत्युन्जय चौधरीबाट विकेटकिपरबाट क्याच आउट हुन पुगे। सर्राफले १०९ बलमा ८ चौका र १ छक्का मदतले ८१ रन बनाए।

सर्राफको विकेटपछि छैठौं विकेटको लागि सन्दिप जोरा र भिम शार्कीले अर्धशतकीय साझेदारी गर्दै नेपालको योगफल २०० पार गराए। इनिंगको अन्तिममा जोराले आक्रामक ब्याटिंग गरे र ३१ बलमा अर्धशतक पुरा गरे।

७१ रनको साझेदारी गरे पछि भिम र जोरा ४९ औं ओभरमा आउट भए। भिमले १९ बलमा २ चौका मदतले २१ रन बनाए भने जोराले ३७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन बनाए। कमल ऐरीले १ छक्का मदतले ४ बलमा अविजित ९ रन बनाए।

बंगलादेशको बलिंगमा तन्जिम हसन सकिब र शाहिन आलमले समान २/२ विकेट लिए।

Sandeep Jhora




थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]