पवन सर्राफ र जोराले उत्कृस्ट ब्याटिंग गर्दा नेपालद्वारा बंगलादेशलाई २६२ रनको लक्ष्य : यु-१९ एसिया कप

श्रीलंकामा जारि एसीसी अन्डर-१९ एसिया कप प्रतियोगिताको समुह ‘बि’ अन्तर्गत  खेलमा नेपालले दोश्रो खेलमा टेस्ट राष्ट्र बंगलादेश यु-१९ को सामना गरिरहेको छ।

पहिलो खेलमा आयोजक श्रीलंकासंग ५ विकेटले पराजित भएको नेपाललाई सेमीफाइनल प्रवेश सभावना जीवित राख्न आज जित आवस्यक रहेको छ।

पी सारा ओभल मैदान कोलोम्बोमा जारि खेलमा नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनाउदै बंगलादेशलाई २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पहिलो खेलमा कमजोर देखिएको नेपाली ब्याटिंग दोश्रो खेलमा भने निकै सुधारिएको देखियो। विकेट गुमेता पनि नेपाली ब्याट्सम्यानहरुले लगातार साझेदारी बनाएर ठुलो योगफलतर्फ डोर्याए।

टस हारेता पनि नेपालीले सुरुवाती विकेट नगुमाई पहिलो विकेटको लागि ४५ रनको साझेदारी गर्यो। रित गौतम १४ औं ओभरमा व्यक्तिगत ३२ रन बनाएर बोल्ड भए। त्यसपछि पवन सर्राफले एक किनार सम्हालीरहे। आसिफ शेख ३ रन बनाएर १७ औं ओभरमा आउट भए।

चौथो नम्बरमा ब्याटिंग गर्न आएका कुशल मल्लले आक्रामक सट खेल्दै ३ छक्का र १ चौका मदतले ३३ बलमा २८ रन बनाएर बीचमा नेपालको रन गति बढाए। पवनसंग तेश्रो विकेटको लागि ३९ रनको साझेदारी गरे पछि कुशल २७ औं ओभरमा आउट भए।

कप्तान रोहित पौडेल र पवनले चौथो विकेटको लागि अर्धशतकीय साझेदारी गर्दै नेपालको योगफल १५० पार गराए। १४ रन बनाएर रोहित आउट भए। ४१ औं ओभरमा पवन सर्राफ पनि मृत्युन्जय चौधरीबाट विकेटकिपरबाट  क्याच आउट हुन पुगे। सर्राफले १०९ बलमा ८ चौका र १ छक्का मदतले ८१ रन बनाए।

Pawan Sarraf

सर्राफको विकेटपछि छैठौं विकेटको लागि सन्दिप जोरा र भिम शार्कीले अर्धशतकीय साझेदारी गर्दै नेपालको योगफल २०० पार गराए। इनिंगको अन्तिममा जोराले आक्रामक ब्याटिंग गरे र ३१ बलमा अर्धशतक पुरा गरे।

७१ रनको साझेदारी गरे पछि भिम र जोरा ४९ औं ओभरमा आउट भए। भिमले १९ बलमा २ चौका मदतले २१ रन बनाए भने जोराले ३७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन बनाए। कमल ऐरीले १ छक्का मदतले ४ बलमा अविजित ९ रन बनाए।

नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६१ रनको योगफल तयार गर्यो। बंगलादेशको बलिंगमा तन्जिम हसन सकिब र शाहिन आलमले समान २/२ विकेट लिए।

बंगलादेशले आफ्नो पहिलो खेलमा युएईलाई पराजित गरिसकेको छ। समुह ‘बि’ अन्तर्गत अर्को खेलमा अहिले श्रीलंका र युएईले प्रतिस्पर्धा गरिरहेका छन्।

Sandeep Jhora
Pawan Sarraf

 





थप समाचार

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]

लुम्बिनीविरुद्ध आर्मीको सहज जित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको […]

आईपीएल : हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ। आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान […]

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]