नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ मा क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।

त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको अलावा ओमानको पनि सहभागीता रहनेछ । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ ।

तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ । सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।

टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।

त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]