विश्वकप लिग टु अन्तर्गतको जारी त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपाल क्यानडासँग खेल्दैछ ।
नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।
त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ ।
त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग हार बेहोरेको थियो ।
क्यानडालाई हराउँदै लिग टुमा नेपाल दोस्रो जित दर्ता गराउँन चाहन्छ ।
लिग टुको अंक तालिकामा नेपाल ६ खेलमा २ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । क्यानडा १० खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ । त्रिकोणात्मक ओडिआई सिरिज असोज १० सम्म हुनेछ ।
त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको चौथो खेल असोज ८ गते ओमानविरुद्ध रहेको छ ।