रोहित र दिपेन्द्रको शतक बाबजुद दिल्लीसंग नेपाल पराजित

आईसीसी विश्वकप लिग अन्तर्गत नामिबिया भ्रमणको तयारी स्वरूप दिल्ली भ्रमणमा रहेको नेपाल क्रिकेट टिम पहिलो अभ्यास खेलमा दिल्ली जिल्ला क्रिकेट संघसंग पराजित भएको छ।

जमिया इस्लामिया विश्वविद्यालय क्रिकेट मैदानमा नेपालले दिएको ३०४ रनको लक्ष्य दिल्लीले ३ बल बाँकी हुँदा ८ विकेट गुमाएर भेटायो।

दिल्लीको ब्याटिंगमा ओपनर सलिल मलहोत्राले सर्वाधिक ५३ रन बनाए। भैभव शर्माले ४४, यश ओबेरियोले ४२, सक्षम शर्माले ३३, शिवम शर्मा र कुश नागपालले समान ३१ रन बनाए। २२२ रनमा ७ विकेट गुमाएको अवस्थामा शिवम र यशले आठौँ विकेटको लागि ६६ रनको साझेदारी गरे।

नेपालको बलिंगमा कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ६ ओभरमा ३६ रन खर्चिए। नन्दन यादवले २ विकेट लिंदा सोमपाल कामि, ललित राजवंशी र हरिशंकर शाहले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट क्षेतीमा ३०३ रन बनायो।

नेपालको सुरुवात खराब रह्यो। ओपनरद्वय अर्जुन साउद र आसिफ शेख तथा ज्ञानेन्द्र मल्ल खाता नखोली आउट भए।

चौंथो विकेटको लागि कप्तान रोहित पौडेलले हरिशंकर शाहसंग ५८ रन जोडे। शाह २५ रन बनाएर आउट भए। पाँचौ विकेटको लागि रोहितले कुशल भुर्तेलसंग ६४ रन जोडे। भुर्तेल २१ रन बनाएर आउट भए।

१२४ रनमा ५ विकेट गुमाएपछि रोहित र दिपेन्द्र ऐरीले शतकीय साझेदारी गरे। १२० रनको साझेदारी गरेपछि रोहित ४६ औं ओभरमा आउट भए। त्यस अघि रोहितले १३५ बलमा ११ चौका र १ छक्का मद्दतले ११३ रन बनाए। त्यसपछि दिपेन्द्र ऐरीले आक्रामक ब्याटिंग गर्दै शतक पुरा गरे। अन्तिम ओभरमा आउट हुनु अघि ऐरीले ६२ बलमा ८ चौका र ६ छक्का मद्दतले १०९ रन बनाए। आरिफ शेखले १० बलमा १ छक्का मद्दतले अविजित १८ रन बनाए।

दिल्लीको बलिंगमा प्रिन्स यादवले ३, मनिष शेरावतले २ तथा आयुष सिंह, अर्जुन रपारिया र रभी रोशनले १/१ विकेट लिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]