टि२० विश्वकप छनोट एसिया : नेपालद्वारा हंगकंगलाई १०५ रनको लक्ष्य

युएईमा सुरु भएको महिला टि-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल हंगकंगसंग प्रतिस्पर्धा गर्दैछ।

आईसीसी क्रिकेट एकेडेमी मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा १०४ रन बनाउदै हंगकंगलाई १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालको लागि सिता राना मगरले सर्वाधिक ४० रन योगदान दिईन् जुन क्रममा ५७ बलमा ४ चौका प्रहार गरिन्। यस्तै इन्दु बर्माले ३७ बलमा ३ चौका मद्दतले अविजित ३१ रन बनाईन्।

ओपनर कविता कुँवर पहिलो ओभरमा खाता नखोली तथा काजल श्रेष्ठ ४ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि ओपनर सिता राना मगरले इन्दु बर्मासंग ८१ रनको साझेदारी गरिन्। सिता अन्तिम ओभरमा रन आउट हुन पुगिन्। हंगकंग बलर चान का मान ( ४-१-१२-१ ) र केरी चानले ( ४-०-१६-१ ) समान एक विकेट लिए।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]