नेपाल-हंगकंग : खेल समयमा सुरु हुन सकेन

२०७४ फाल्गुन १७, बिहीबार १३:०४

  • विकेटनेपाल, फाल्गुन १७ – बिहिबार 

आईसीसी बिश्वकप छनौट अन्तर्गत नेपालले आज दोश्रो अभ्यास खेलमा हंगकंगको सामना गर्दैछ। मार्च ४ देखि सुरु हुने प्रतियोगिता अघि नेपालले मंगलबार खेलेको पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो।

युएईसंग खेलेकै मैदान क्युक्युमा हुन लागेको दोश्रो अभ्यास खेल पनि राति परेको पानिका कारण ढिला सुरु हुनेभएको छ। नेपाली टिमका ब्यबस्थापक रमन शिवाकोटीका अनुसार राति परेको पानीका कारण निर्धारित समय १:१५ बजे खेल सुरु हुन नसक्ने भएको हो। नेपाल र हंगकंग टिम मैदान पुगीसकेको छ र २:४५ बजे नेपाली समय अनुसार अम्पायरले मैदानको निरीक्षण गरि खेलबारे निर्णय गर्नेछन्।

पहिलो अभ्यास खेल पनि वर्षाको कारण ढिला सुरु भएपछि २९ ओभरको इनिंगमा खेलाईएको थियो। अभ्यास खेलमा हंगकंगको कप्तानी बाबर ह्यातको सट्टा अन्शुमन रथले गर्नेछन्।

इंग्ल्यान्डमा २०१९ मा आयोजना हुने बिश्वकप छनौट प्रतियोगिताको समूह “बि” मा रहेको नेपाली टोलिले आफ्नो पहिलो खेल मार्च ४ तारिखमा जिम्बाबे बिरुद्द खेल्दै छ। नेपालले समूह चरणमा आयोजक जिम्बाबेसंगै स्कटल्याण्ड, अफगानिस्तान र हंगकंगको सामना गर्नेछ। समूह चरणबाट शिर्ष ३ मा पर्ने टोलि सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

प्रतियोगितामा नेपालसंगै समूह “बि” मा अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंग रहेका छन्। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोलि जिम्बावे बिरुद्द मार्च ४ तारीखमा खेल्नेछ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हंगकंगको सामना गर्नेछ।

नेपाली टोलि : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy