सागरको स्पिनमा घुम्यो हंगकंग, फाइनल जित्न नेपाललाई सामान्य लक्ष्य

देब्रे हाते स्पिनर सागर ढकालले उत्कृस्ट बलिंग गरेपछि एसीसी अन्डर-१९ इस्टर्न रिजन प्रतियोगिताको फाइनलमा हंगकंगले कमजोर प्रदर्शन गरेको छ ।

किनरारा ओभल मैदानमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको हंगकंगले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाउदै नेपाललाई फाइनल जित्न ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

फाइनल खेल जिते नेपाल आगामी अगस्टमा श्रीलंका आयोजना हुने यु-१९ एसिया कप खेल्न छनौट हुनेछ।

इनिंगको पहिलो ओभरमै बलिंग गरेका सागरले चौथो बलमा ओपनर नसरुल्लाको विकेट लिएका थिए। लगत्तै स्पेलमा अर्क ओभरमा पनि सागरले राहुल शर्माको विकेट लिंदा हंगकंगले रन नबनाउदै २ विकेट लिएको थियो।

तेश्रो विकेटको लागि ओपनर कल्हन चल्लु र कप्तान अदित गोरावराले २९ रनको साझेदारी गरे। १९ रन बनाएका कल्हनलाई १३ औं ओभरमा सागरले एलबिडब्लु धरापमा पार्दै तेश्रो सफलता दिलाए। लगत्तै आरुष भगतलाई पनि खाता नखोल्दै सागरले बोल्ड गरे।

पाँचौ विकेटको लागि कप्तान गोरावर र मेहरन बीच १८ रनको साझेदारी भयो। पुनः सागरले २३ औं ओभरमा मेहरनलाई स्टम्प आउट गर्दै पाँचौ विकेट दिलाए। लगातार रन नबन्दा ठुलो सट खेल्ने चक्करमा उनि आउट भए।

लगत्तै अर्को ओभरमा लेग स्पिअर तिलक राज भण्डारीले लगातार क्रिजमा जमीरहेका र उत्कृस्ट लयमा रहेका अदित गोरावराको विकेट लिए। प्रतियोगिताकै सर्वाधिक रनकर्ता गोरावरा स्लिपमा क्याच समातिन पुगे जस अघि उनले ७१ बलमा ४ चौका मदतले २४ रन बनाए।

त्यसपछि हंगकंगले पुरै ५० ओभर ब्याटिंग गर्ने उद्देस्यले निकै सुस्त ब्याटिंग गरेको। त्यस क्रममा सुस्त ब्याटिंग गर्दै २८ बलमा ३ रन बनाएका मोहम्मद हसन खान र ३७ बलमा १२ रन बनाएका रौनक कपुरलाई कमल ऐरीले बोल्ड गर्दै विकेट लिए।

नवौं विकेटको लागि मोहम्मद हसन ( २ ) र अब्दुल उर्सलानले २५ रनको साझेदारी गर्दै हंगकंग इनिंग तन्काए। ४३ औं ओभरमा हसनलाई कमलले एलबिडब्लु आउट गरे जसले ३७ बलमा ९ रन बनाए। उर्सलां पनि ७ रन बनाएर कुशल मल्लबाट बोल्ड आउट भए।

फलस्वरूप हंगकंग ४३.१ ओभरमा ९५ रनमै समेटिन पुग्यो।

नेपालको बलिंगमा सागर ढकाल एक्लैले ५ विकेट लिन १० ओभरमा ५ मेडन ओभर गर्दै मात्र १८ रन खर्चिए। पेस बलर कमल सिंह ऐरीले ३ व्केट ( ८-२-२३-३ ) लय भने कुशल मल्ल ( ८.१-५-४-१ ) र टिकल राज भण्डारीले ( ४-१-१२-१ ) १/१ विकेट लिए।

Kamal Airee

सागरको उत्कृस्ट बलिंग 

प्रतियोगितामा यस अघि सागरले चिनसंग ६ विकेट, सिंगापुरसंग १ विकेट तथा मलेसियासंग ३ विकेट लिएका थिए। आज लिएको ५ विकेट सहित कुल १५ विकेट लिंदै सागर प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बनेका छन् र प्लेयर अफ द सिरिज अवार्डको पनि दाबेदार बनेका छन्।

सन् २०१७ मा नेपालले प्रतियोगिताको उपाधि जित्दा ५ खेलमा १६ विकेट लिंदै सन्दिप लामिछाने प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए। दोश्रो पटक नेपाली खेलाडी त्यसतर्फ अघि बढेका छन्। सागर चिन र मलेसियासंगको खेलमा प्लेयर अफ द म्याच समेत चुनिएका थिए।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]