एसीसी यु-१६ इस्टर्न : सेमीफाइनलमा नेपाल र हंगकंग प्रतिस्पर्धा गर्दै ( सम्पूर्ण जानकारी )

  • विकेटनेपाल, बैशाख-१३ 

थाइल्याण्डमा जारि एसीसी अन्डर-१६ ( पूर्वी क्षेत्र )  प्रतियोगिता अन्तर्गत डिफेन्डिङ च्याम्पियन टिम नेपालले सेमीफाइनलमा हंगकंगसंग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगिताको समुह चरणमा नेपाल समुह ‘ए’ को विजेता हुँदै सेमीफाइनलमा स्थान बनाएको हो। हंगकंग समुह ‘बि’ को उप-विजेताको रुपमा सेमीफाइनल खेल्न लागेको हो। समुह ‘ए’ को उप-विजेताको रुपमा मलेसिया र समुह ‘बि’ को विजेताको रुपमा सिंगापुरले सेमीफाइनलमा स्थान बनाएको छ।

नेपाल र हंगकंगको प्रतियोगितामा नतिजा 

नेपालले समुह चरण अन्तर्गत पहिलो खेलमा म्यानमारलाई ७ विकेटले तथा दोश्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको थियो। आयोजक थाईल्याण्डसंगको तेश्रो खेल भने वर्षाको कारण अवरुद्ध भएको थियो।

Vs म्यानमार – म्यानमार : ५८, नेपाल : ६२/३ ( बिशाल बिक्रम – ४ विकेट, अर्जुन कुमाल – २६* रन )
Vs मलेसिया – नेपाल : १४१ , मलेसिया : १०२ ( अइस भट्टराई – ३४ )
Vs थाईल्याण्ड – नेपाल : २३४/७ , थाईल्याण्ड : ०/१ ( १.५ ओभर )

हंगकंगले चिनसंगको खेलेको पहिलो खेल वर्षले रद्द भएको थियो भने दोश्रो खेलमा सिंगापुरसंग ६ विकेटको पराजय बेहोरेको थियो। तेश्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै हंगकंगले सेमीफाइनलमा स्थान सुरक्षित गर्यो।

Vs चिन – वर्षाले रद्द
Vs सिंगापुर – हंगकंग : १०४ , सिंगापुर : १०८/४
Vs भुटान – भुटान : ४२ , हंगकंग : ४६/२

इतिहासमा नेपाल-हंगकंग 

अन्तिम पटक नेपाल र हंगकंग अन्डर-१६ टिम बीच २ वर्ष अघि एसीसी यु-१६ पूर्वी प्रतियोगितामा भेट भएको थियो। समुह चरणको उक्त खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो। पहिले ब्याटिंग गर्दै हंगकंगले दिएको ८३ रनको लक्ष्य नेपालले २४.१ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो। उक्त प्रतियोगिता नेपालले जितेको थियो।

त्यस भन्दा अघि नेपालले हंगकंग यु-१६ संग सन् २०१० एसीसी यु-१६ इलाइट कपमा खेलेको थियो। समुह चरणको खेलमा हंगकंगले दिएको ८९ रनकको लक्ष्य नेपालले १८.३ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो।

खेल बारे जानकारी 

नेपाल र हंगकंग बीच सेमीफाइनल खेल शनिवार बिहान नेपाली समय ९:१५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष भिडीयो उपलब्ध रहने छैन भने स्कोर अपडेट एसियन क्रिकेट काउन्सिलले आफ्नो वेबसाइट मार्फत गर्नेछ। अपडेट विकेटनेपाल फेसबुक पेज र वेबसाइटमा पनि हेर्न सक्नु हुनेछ। भोलिनै प्रतियोगिताको दोश्रो सेमीफाइनल पनि सिंगापुर र मलेसिया बीच खेलिनेछ। पर्सि आइतबार फाइनल खेल हुनेछ।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]