एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ।

सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी चयन भएको हो।

नेपाल र भारत बीचको क्वार्टरफाइनल खेल भोलि मंगलबार ( अक्टोबर ३ ) खेलिनेछ। खेल नेपाली समय विहान ६;४५ बजे सुरु हुनेछ।

गत महिना एसिया कपमा भारतसंग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको नेपालले एक महिनाको अन्तरमा टि-ट्वान्टी अन्तर्राष्ट्रिय समेत खेल्ने भएको छ।

प्रतियोगितामा वरियताको आधारमा भारतले सोझै क्वार्टरफाइनलमा स्थान पाएको हो। नेपाल समुह ‘ए’ को विजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको हो जुन क्रममा मंगोलिया र माल्दिभ्सलाई पराजित गरेको थियो।

भारतको एसियन गेम्स टिमको कप्तानी रुतुराज गायकवाडले गर्नेछन्। टिममा तिलक वर्मा, राहुल त्रिपाठी, रिंकु सिंह, यसस्वी जैसवाल, रभी बिस्नोई, आभेस खान, आकाश दिप, अर्शदिप सिंह, वासिंगटन सुन्दर, शाहबाज एहमद, शिभम दुवे, जितेश शर्मा, प्रभसिमरन सिंह छन्। अधिकांशले भारतको लागि खेलीसकेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy