नेपालले टस हार्यो, पहिले बलिङ गर्दै

२०८१ श्रावण ८, मंगलवार १८:५३

काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कपमा नेपालले भारतविरुद्ध टस हारेको छ ।

भारतकी कप्तान स्मृती मन्धनाले टस जितेर ब्याटिङ रोजे पछि नेपालले पहिले बलिङ गर्दैछ ।

भारतकी नियमीत कप्तान हरमनप्रित कौरको अनुपस्थितीमा स्मृती मन्धनाले कप्तानीको जिम्मेवारी लिएकी छिन् ।

नेपाली टोलीमा दुई परिवर्तन भएको छ । आईतबार पाकिस्तानविरुद्धको खेलमा टिममा रहेकी रोमा थापा र कृतिका मरासिनी बेन्चमा रहँदा सबनम राई र डलि भट्टले मौका पाएकी छिन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy